स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा छविलाल जोशी ५० लाख धरौटीमा रिहा
रासंसा/काठमाण्डौ, माघ ८,
मुलुकमा काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी धरौटीमा रिहा भएका छन् । थुनछेक बहसमा सरकारी वकिलहरुले बहस गरेका थिए भने जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारीले बहस बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार भएको थुनछेक बहसपछि जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशलगत्तै जोशीले धरौटी वापतको रकम बुझाएर रिहा भएका हुन् । यस्तै जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीलगायतले बहस गरेका थिए । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जोशीबाट ५ करोड ७८ लाख ९६ हजार बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो ।
Like