ओई मुला ! तँ मुला कस्तो मुला ?
रासंसा/काठमाण्डौ, पौष ०९,

आनन्द प्रसाद प्याकुरेल
ओई मुला !
तँ मुला कस्तो मुला ?
बोल्दै नबोली किन गमक्क पर्छस् ए मुला ?
यसो हेर्छु अनि लाग्छ तँ होस् बच्चा मुला !
फेरि हेर्छु, निधारको चाउरी देख्छु, अनि भन्छु, ए छिप्पिएको मुला !
साँच्चै नढाँटी भन त मुला !
तँ भाले मुला की पोथी मुला ?
पुच्छर देख्दा लाग्छ तै होस् बाँदर मुला !
अनुहार हेर्दा लाग्छ हैन यो त मान्छे मुला !
ओइ मुला !
तँ मुला कस्तो मुला ?
बोल्दै नबोली किन गमक्क पर्छस ए मुला ?
Like