विष्णु गुरुङले मिस ग्राण्ड नेपाल २०२४ को ताज पहिरिन
रासंसा/काथमाण्डौं, भाद्र २,
मुलुकमा मिस ग्राण्ड नेपाल २०२४ को ताज गोरखाकी बिष्णु गुरुङ्ले जितेकी छिन्। आईशा गौतम मिस सुप्रा ग्लोबल, बेनिषा शर्मा आचार्य मिस और नेपालको ताज हात पारेका हुन । यहि भाद्र १ गते शनिबार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ३ जना सुन्दरीहरुले ताज लगाएका थिए।

उक्त प्रतियोगीताको जुरी प्यानलमा आस्था शाखाका, ग्रान्ड जजमा राम हरि सिलवाल, सरोज प्याकुरेल नबराज कोइराला, प्रदिप श्रेष्ठ, ओम प्रकाश उप्रेती जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ३ जना सुन्दरीहरुले ताज जितेका हुन ।
मिस ग्रान्ड नेपाल २०२४ विजेताले नगदकासाथ स्कुटर हात पारिन् भने सुप्रा ग्लोबल र मिस औरले पनि नगदको साथै, कम्पनी Goodwill Ambassador, र ५० हजार बराबरको सुनको थान्का, गिफ्ट ह्याम्पर र नेपाली चलचित्रमा नायिका सहमति हुदै, तिनै जना बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२४ – २०२५ मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तगरेका छन् ।

मिस ग्रान्ड नेपाल २०२४ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी, रोजिना सुवालको मेकअप, हिर्देश अर्यालको फोटोग्राफी, राम श्रेष्ठको भिडियोग्राफी, नविन लुइँटेलको ड्रेस रहेको थियो। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै इन्टरनेसनल प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षामा पनि परदेशबिजेता सुन्दरीहरुले सहमति इन्टरनेसनलमा भिड्न जान पठाउने छन् ।

उक्त प्रतियोगिता कार्यक्रममा वरिष्ठ समाजसेवी सहप्राध्यापक डा. के. बि. सम्राट, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश जंग कुंवर, सफलत बोगटीलागयत प्रतिष्ठित ब्यक्तिहरुको आतिथ्यता थियो ।
