अन्नपूर्णको विद्युतीय सवारी र्‍याली आज हुँदै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २६,

मुलुकमा अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन)को तेस्रो संस्करणको विद्युतीय सवारी र्‍याली (इभी र्‍याली) आज हुँदैछ। विश्व वातावरण दिवसको अवसरमा आज बिहान ८ बजेबाट इभी र्‍यालीको आयोजना गरिएको छ। इभी र्‍याली भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, त्रिपुरेश्वर, कुपण्डोल, जाउलाखेल, एकान्तकुना, धोविघाट, बल्खु, कलंकी, सोल्टीमोड, कालिमाटी र टेकु हुँदै जमलबाट फेरि भृकुटिमण्डप पुग्नेछ। ‘हेल द पोलुसन फाइटर्स’ नारा दिइएको एएमएन इभी र्‍याली काठमाडौंको भृकुटीमण्डपबाट सुरू हुनेछ। र्‍यालीमा कार, स्कुटर, ट्याम्पो, बसलगायतका विद्युतीय सवारी धनी सहभागी हुन सक्नेछन्। सहभागी हुनेहरूले अनिवार्यरूपमा निशुल्क रजिस्ट्रेशन गरेका थिए।

Like