त्रिविका १८३ उत्तरपुस्तिका हराए

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १४,

मुइलुक्मा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट परीक्षण भइसके पनि नतिजा सार्वजनिक हुन बाँकी करिब दुई सय विद्यार्थीका उत्तरपुस्तिका हराएको छ । गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाटै गायब भएको हो । उत्तरपुस्तिका नै हराएपछि परीक्षा लिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि नतिजा सार्वजनिक हुन सकेको छैन । उत्तरपुस्तिका हराएको कुरा नतिजा सार्वजनिक गर्ने तयारी भएका बेला पत्ता लागेको पनिकाका एक कर्मचारीले कान्तिपुरलाई बताए । ‘परीक्षा सकिएर देशभरबाट उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ल्याइयो, त्यसपछि परीक्षण भएर पनि फिर्ता आएको देखिन्छ, सम्परीक्षण गर्ने बेलामा चाहिँ उत्तरपुस्तिका भेटिएन,’ ती कर्मचारीले भने, ‘जनसंख्या विषयको एक पोका उत्तरपुस्तिका नै हराएको छ । गत वर्ष पनि उत्तरपुस्तिका हराएपछि विद्यार्थीको पुनः परीक्षा लिइएको थियो । बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका फेला नपरेपछि २०७९ पुसमा पुनः परीक्षा सञ्चालन गरेको थियो । २०७८ पुसमा सञ्चालित परीक्षाको उत्तरपुस्तिका हराएका कारण वर्ष दिनपछि करिब साढे २ सय विद्यार्थीको पुनः परीक्षा लिइएको थियो । पुनः परीक्षा लिनुपर्ने कारण भने पनिकाले खुलाएको थिएन । त्यतिबेला झापाको दमक बहुमुखी क्याम्पसका परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो । उनीहरूको पुनः परीक्षा लिएर नतिजा सार्वजनिक गरिएको हो । अध्यापकको लापरबाहीका कारण उत्तरपुस्तिका हराएको भए पनि कारबाही नगरी उन्मुक्ति दिइएको थियो । खोजी कार्य भइरहेको छ ।’ उनका अनुसार हराएका उत्तरपुस्तिकाका प्राप्तांक मार्क लेजरमा चढाउन बाँकी नै थियो । उक्त विषयको अन्य पोकाका उत्तरपुस्तिका भने सुरक्षित रहेको ती कर्मचारीले जनाए । निमित्त रजिस्ट्रार तथा कानुन संकायका डिन कृष्णप्रसाद बस्यालले उत्तरपुस्तिका नभेटिएपछि खोजबिन गर्न छानबिन समिति बनाइएको बताए । ‘उत्तरपुस्तिका हराएकै हो कि, कतै पो छ कि, फेला परेको छैन । यकिन गर्न छानबिन भइरहेको छ,’ उनले भने । फेला नपरेको उत्तरपुस्तिका खोजी गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको उनले जनाए । ‘मानवीय त्रुटि, लापरबाही वा बदमासी के कारण यस्तो भयो, छानबिन समितिलाई खोजी गर्न भनिएको छ,’ बस्यालले भने, ‘अहिले धेरै कुरा हल्ला र चर्चा मात्र भइरहेको छ, छानबिन समितिको प्रतिवेदन आएपछि विस्तृत कुरा थाहा हुन्छ ।’ प्रतिवेदन अध्ययन गरेपछि के गर्ने निष्कर्षमा पुग्ने उनले जनाए । उत्तरपुस्तिका सुरक्षाका लागि कपडाको थैलोभित्र पोका बनाएर राखिएको हुन्छ । उत्तरपुस्तिका हराएको विषयमा सत्यतथ्य पत्ता लगाउन परीक्षा समितिले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले प्रतिवेदन तयार पारेको भए पनि परीक्षा समितिमा पेस भइसकेको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशी अस्वस्थ भएर उपचारमा रहेका कारण प्रतिवेदन पेस हुन नसकेको पनिकाले जनाएको छ । त्रिविका रजिस्ट्रार अध्यक्ष रहने परीक्षा समितिले छानबिन समिति बनाएको हो । राजनीतिक शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख ईश्वरीप्रसाद कँडेलको संयोजकत्वमा दुई सदस्यीय छानबिन समिति गठन भएको रजिस्ट्रार कार्यालयले जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी र कर्मचारीले भने उत्तरपुस्तिका नभेटिने ठहर गर्दै पुनः परीक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘जुन/जुन विद्यार्थीको उत्तरपुस्तिका हराएको छ, ती विद्यार्थीको पुनः परीक्षा लिने कुराकानी भएको छ । उत्तरपुस्तिका हराएका विद्यार्थी पत्ता लगाएर परीक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गर्नुपर्छ,’ ती कर्मचारीले भने । पुराना उत्तरपुस्तिका नष्ट गर्ने क्रममा नतिजा नै सार्वजनिक नभएको जनसंख्या विषयको उत्तरपुस्तिका पनि नष्ट भएको हुन सक्ने कर्मचारीहरूले अनुमान गरेका छन् । एक पदाधिकारीले भने, ‘जनसंख्या विषयको उत्तरपुस्तिका लापरबाहीका कारण पुरानासँगै नष्ट भएको हुन सक्छ ।’ उक्त व्यवस्थाअनुसार पुराना उत्तरपुस्तिका नष्ट गर्न गोप्य तरिकाबाट अन्यत्र पठाइन्छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा समयमै परीक्षा सञ्चालन नहुने, नतिजा वर्ष दिनभन्दा बढी समयसम्म सार्वजनिक नहुने, प्रश्नपत्र हुबहु दोहोरिने, उत्तरपुस्तिका हराउनेलगायतका लापरबाही पटक/पटक हुँदै आएका छन् । नतिजा सार्वजनिक भएको ४ महिनापछि सम्बन्धित तह र कार्यक्रमको उत्तरपुस्तिका नष्ट गर्न सकिने व्यवस्था छ । छानबिन समिति गठन गरेर प्रतिवदेन दिए पनि दोषीलाई कारबाही नगरी विश्वविद्यालयका पदाधिकारीले नै संरक्षण गरेका कारण लापरबाही र बदमासी दोहोरिँदै आएको एक प्राध्यापकले बताए । उत्तरपुस्तिका नहराएका विषय र संकायको नतिजा पनि वैशाखदेखि सार्वजनिक भएको छैन । विद्यार्थीले प्राप्त गरेको अंक, नाम र सिम्बोल नम्बरलगायत तथ्यांक परिविष्ट गर्न समस्या देखिएकाले व्यवस्थापन, मानविकी, शिक्षा संकायको प्रथम वर्षको परीक्षाफल प्रकाशित हुन नसकेको कार्यालयले जनाएको छ । गत वर्ष पनि उत्तरपुस्तिका हराएपछि पनिकाले विद्यार्थीको पुनः परीक्षा लिएको थियो । व्यवस्थापन संकायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका फेला नपरेपछि २०७९ पुसमा पुनः परीक्षा सञ्चालन गरेको थियो । २०७८ पुसमा सञ्चालित परीक्षाको उत्तरपुस्तिका हराएका कारण वर्ष दिनपछि करिब साढे २ सय विद्यार्थीको पुनः परीक्षा लिइएको थियो । पुनः परीक्षा लिनुपर्ने कारण भने पनिकाले खुलाएको थिएन । त्यतिबेला झापाको दमक बहुमुखी क्याम्पसका परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो । उनीहरूको पुनः परीक्षा लिएर नतिजा सार्वजनिक गरिएको हो । अध्यापकको लापरबाहीका कारण उत्तरपुस्तिका हराएको भए पनि कारबाही नगरी उन्मुक्ति दिइएको थियो ।

Like