विप्लवको भनाई जनयुद्धलाई औचित्यहीन भन्नु इतिहासको मजाक

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २१,

मुलुकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केही व्यक्तिले इतिहासको मजाक बनाएको टिप्पणी गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध र जनआन्दोलनले नेपालका सम्पूर्ण विद्रोहको रूपमा जन्माएको सन्तान हो। अहिले केही मान्छेले जनयुद्धलाई औचित्यहीन भन्न थाले। उस्तै परे अपराध भन्न थाले। त्यो देख्दा इतिहासको मजाकजस्तो लाग्छ मलाई। नायकहरू अपराधीजस्तो र अपराधीहरू नायकजस्तो बन्ने परिस्थिति बनेको अनुभव भएको छ।’ जनयुद्धलाई औचित्यहीन भन्ने र अपराधजस्तो गरी इतिहासको मजाक गरिएको भन्दै समाजवादी मोर्चाका संयोजकसमेत रहेका विप्लवले आपत्ति जनाए। शान्ति प्रक्रियाले द्वन्द्वको अवस्थालाई एउटा ढंगले व्यवस्थापन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले इतिहासको मजाक नगर्न चेतावनी दिएका छन्।

Like