नेकपा एसको गुण र दोषको आधारमा सरकारलाई समर्थन गर्ने निर्णय

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २१,

मुलुकमा नयाँ बनेको समीकरणलाई नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले गुण र दोषको आधारमा समर्थन गर्ने भएको छ। आज दिउँसो नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको घरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। गठबन्धनको उद्देश्य र नीति सबै बाहिर नआइसकेको र स्पष्ट नभएकाले अहिले नै केही भन्न नसकिने भएकाले उद्देश्य स्पष्ट भएपछि त्यसका आधारमा आफ्ना नीतिहरू स्पष्ट पार्ने जनाएको हो।‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ। नयाँ समीकरणको उद्देश्य प्रक्रिया, संरचना अझै स्पष्ट भइसकेका छैनन्। तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य प्रक्रिया र संरचना बारेमा सबै विषय अगाडी आएपछि तिनको गुण र दोषको आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ’, नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने।

Like