रासंसा/काठमाण्डौ, ज्येष्ठ २२,
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ। प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकार र ममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ?यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ? हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्धन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो। लाखौँ बालबालिका द्वन्द्वमा फसेका छन् जसमा तिनीहरू केवल छेउमा बस्नेहरू मात्र होइनन्, तर निशानाहरू नै हुन्। सन् २०२४ को उत्पीडनबाट पीडित निर्दोष बालबालिकाको अन्तर्राष्ट्रिय दिवसको नारा तय भएको छ, Acknowledges the pain that children around the world suffer यस वर्षको नारा हो ।शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारको सिकार भएका विश्वभरका बालबालिकाले भोग्नुपरेको पीडालाई स्वीकार गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिवसले बालबालिकाको अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धतालाई पनि पुष्टि र पैरवी गर्दछ ।