युद्धविरामका वार्ताकारहरूलाई कतारबाट फर्किन इजरायलद्वारा आदेश

Share to:

एजेन्सी,

युद्धविराम वार्ता गतिरोधमा पुगेपछि इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छोड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ। यसमा भनिएको छ, ‘आतंकवादी संगठन हमासले सम्झौताको आफ्नो अंश पूरा गरेको छैन। यसमा हमासलाई दिइएको सूची अनुसार सबै बालबालिका र महिलाको रिहाइ सुनिश्चित गर्ने कुरा पनि समावेश छ।’ इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘मोसाद प्रमुख डेभिड बर्नियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशनमा आफ्नो टोलीलाई कतारबाट इजरायल फर्कन भनेका छन्।’ कतारले हमास र इजरायलबीच युद्ध सुरु भएदेखि नै मध्यस्थता गर्दै आएको छ । कतारले एक हप्ता लामो अस्थायी युद्धविराम, यसको दुई पटक विस्तार र उक्त अवधिमा बन्धकहरूको रिहाईमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कोप-२८ जलवायु परिवर्तन शिखर सम्मेलनमा इजरायल र हमास बिच युद्धविराम नवीकरण गर्न प्रयास गर्न कतार जाने बताएका छन् । ‘यस अवस्थाले दिगो युद्धविराममा पुग्न र हमासका सबै बन्धकहरूको रिहाई सुनिश्चित गर्न दोब्बर प्रयासको माग गर्दछ,’ उनले भने।

Like