आज नेपालले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा यूएईसँग खेल्दै

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १०,

मुलुकमा त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो । नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो। सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ।

Like