गाई नेपालको राष्ट्रिय जनावर मात्र होइन गौरव गर्नुपर्ने त अझ थप …
रासंसा/काठमाण्डौ, भाद्र ३१,
गाई नेपालको राष्ट्रिय जनावर मात्र होइन गौरव गर्नुपर्ने त अझ कति छन कति जसको कारण पनि हामि सबैले गौरव गर्नु पर्छ ।
नेपालमा गाईबाट शब्दहरु :
गोत्र – वंशानुगत विभिन्न प्रकारका गाईका संरक्षक, ऋषिमुनिहरुको प्राचीन ऐतिहासिक परिचय
गोरेटो- गाई हिंडने सानो गोरेटो बाटो
गोष्ठी – गोठ नजिकै राखेर गरिने सम्मेलन
गोदान – पवित्र हुन गरिने पद्धति
गोमुत्र – कुनै पनि वैदिक शुभ-कार्यलाई विशुद्ध गराऊने क्षमता राख्ने तत्व
गोमुख – पवित्र जलको धाराको अन्तीम निकाश
गोखुर :- गोषुरादि गुगुल नामको आयुर्वेदिक औषधि
गोमुखासन – हठ योगमा – प्राणायाम र आसनको प्रकार ।
गोकर्ण, गोरखपुर, गाईघाट – विभिन्न ठाउँहरुको नाम
गोमय – वैदिक कृषिको मूल प्रांगारिक अवयव
गोबर र गुईँठा – गोबर सुकाएर बन्ने ईन्धन
गोबर ग्याँस – गोबरलाई कुहाएर बन्ने प्रज्ज्वनशील ग्याँस ।
गोपाल – गौ रक्षा गर्ने कारक पुरुष, भगवान श्रीकृष्ण
गोरखनाथ – गौरक्षा गर्न अवतरित प्रसिद्ध सन्त
गौचरण – गौ वंशको सुरक्षा र चरणका लागि दान गरिएका चहुर वा क्षेत्र ।
ब्राह्मी गाई- जूरो, शास्नावती (घांटीमा लत्रीएको माल), खूर, ॐ कार अम्बा अम्मा आदि पवित्र ध्वनी निकाल्ने, गोलो चुच्चिएको सींग भएका उच्च प्रकारका गोवंश ।
वैतरणी पार – देह शान्त भएपछि गौमाताको पुच्छरमा समातेर यो भवसागरबाट पार हुने प्रक्रिया
गौ-संस्कृति र पौराणिक र आधुनिक ईतिहास –
पंचगव्य – यज्ञ, आध्यात्मिक अनुष्ठान आदि संपूर्ण मानवताको कल्याणका लागि प्रयोग गरिने पवित्र द्रव्य
गोपालन – घरमा वा जंगलमा गौमाता र गौ वंशको सेवा गर्ने र संरक्षण गर्ने पद्धति ।
समुद्र मन्थन – १४ रत्न मध्ये धरतीरुपी उत्पत्ती भएकी देवताद्वारा रक्षित अलौकिक पूजनीय प्राणी ।
कामधेनु – कुनैपनि मनका पवित्र ईच्छा पूर्ति गराईदिन सक्ने क्षमता भएकी धरतीरूपी प्राणी ।
सीता माताको उद्भव – गोरू जोत्ने हलोको टुप्पोबाट जमीन खन्दा जन्मिएकी जनकपुर नेपालकी चेली, छोरी, सनातनी आदर्श ।
नेपालको उद्भव स्थान- गौमाताले दुधको धाराले वागमती किनारमा उत्पन्न भएका विश्वका सनातनी आस्थाका केन्द्र विन्दु राष्ट्रदेव पशुपतिनाथ ।
ईतिहास – गोपाल वंशी राजाहरूले शासित पौराणिक हिमवत्खण्ड राज्य ।
हल गोरू- गाऊँ घरहरूमा हाल सम्म प्रचलित गौवंश र कृषि सुरक्षाका लागि गोरूका जोडीलाई जोतेर प्रयोग गरिने सरलीकृत प्राचीन प्रविधि ।
खोले – गाईलाई खान दिने भूस्सा र अन्य दाना, ढुटो तातो पानीमा पकाएर खुवाऊने खाद्य ।