स्वास्थ्यमन्त्रीबाटै किन भयो ‘सेतो कोट’को अपमान !
रासंसा/काठमाण्डौ, भाद्र १,
मुलुकमा ‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ। सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन। तर एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा ‘सेतो कोट दिवस’ मनाउने गरी उपत्यकामा रहेका सरकारी अस्पताललाई स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुन पत्र पठाउन लगाए। मन्त्रालयको पत्रले नै सेतो कोटको मर्यादा मिचेको छ। मन्त्रालयले मन्त्रीले पदभार समालेको एक सय दिन पुगेको अवसरमा राष्ट्रियसभा गृहमा कार्यक्रम गरेको थियो। वीर अस्पतालका एक चिकित्सकका अनुसार सेतो कोट लगाएर कार्यस्थलबाहेक पुस्तकालय र क्यान्टिनमा समेत जान पाइँदैन। बेलायतबाट विकसित भएको स्वास्थ्यकर्मीको सेतो कोट (एप्रोन) अहिले विश्वभरि प्रचलित छ। यसको दुरूपयोग नहुने गरी अभ्यास पनि हुँदै आएको छ। वीर अस्पतालका एक वरिष्ठ चिकित्सक भन्छन्, ‘सेतो कोट लगाएरै मन्त्रीको सयदिने कार्यक्रममा बोलाइनु पञ्चायती शैली भयो।’ धेरै चिकित्सकलाई मन्त्रीको प्रस्ताव मन परेन। तर विभागीय मन्त्रीले सेतो कोटमै उपस्थित हुन भनेपछि उनीहरूले प्रत्यक्ष विरोध गर्न पनि सकेनन्। चिकित्सकले आपसमा भने त्यसको आलोचना गरे। आलोचना भएको जानकारी पाएपछि मन्त्रालयका अधिकारीले वीर अस्पतालका निर्देशकलाई फोन गरी पत्रमा सुधार गर्न लगाएको स्रोतले बतायो। धेरै चिकित्सकलाई मन्त्रीको प्रस्ताव मन परेन। तर विभागीय मन्त्रीले सेतो कोटमै उपस्थित हुन भनेपछि उनीहरूले प्रत्यक्ष विरोध गर्न पनि सकेनन्। वीरका अर्का एक चिकित्सकका अनुसार मन्त्रीले पदभार समालेको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा चिकित्सकलाई बोलाउनु चित्तबुझ्दो कुरा नभएको बताए। ‘चिकित्सकीय पेसाको निश्चित आकारभन्दा बढी विज्ञापन गर्न त पाइँदैन, सभाm सम्मेलनमै लगेर विज्ञापन गर्नु दुरूपयोग भएन र?’ ती चिकित्सकले भने। दलको झोला भिरेका कतिपय स्वास्थ्यकर्मीका लागि यो कदम सही हुन सक्ने भए पनि आचारसंहिताविपरीत सेतो कोटमा राजनीतिक सभा, सम्मेलनमा उपस्थित हुन पत्र पठाउनु पेसागत मर्यादाको उल्लंघन हो। उनले भने, ‘यसरी चिकित्सकलाई बोलाएको पञ्चायत कालमा पनि थाहा छैन, कार्यस्थलबाहेक सेतो कोटलगाएर अन्यत्र जान पाइँदैन।’ चिकित्सकका अनुसार पत्रमा एकातिर अनिवार्य उपस्थिति भनिएको थियो भने अर्कोतिर काममा असर नपर्नेगरी भनिएको थियो। दोहोरो अर्थ लाग्नेगरी पत्र पठाइए पनि त्यसले स्वास्थ्यकर्मीलाई जानुपर्ने बाध्यता थियो। ‘विभागीय मन्त्रीले बोलाएपछि अस्वीकार गर्न सक्ने स्थिति कम थियो’ ती चिकित्सकले भने। वीरका अर्का एक चिकित्सकका अनुसार मन्त्रीले पदभार समालेको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा चिकित्सकलाई बोलाउनु चित्तबुझ्दो कुरा नभएको बताए। ती चिकित्सकले सेतो कोटमा लागेको दाग छिटो देखिने हुनाले फोहोर भएको सजिलै थाहा हुने र बिरामीको बीचमा जाँदा शान्ति होस् भन्ने हेतुले यो कोट अस्पतालभित्र मात्र लगाउन पाइने नियम बनेको हो। सेतो कोटमा उपचारका क्रममा संक्रमण हुने भएकाले यो कोट लगाएर बाहिर जाँदा अरू पनि संक्रमित हुने सम्भावना हुन्छ। सेतो कोट अस्पतालको पुस्तकालय र क्यान्टिनमासमेत लगाउन नपाइने मान्यता रहेको ती चिकित्सकले बताए। मन्त्रीले बोलाएपछि बहिरंग सेवा छाडेर कार्यक्रममा पुगेको वीर अस्पतालका वरिष्ठ सर्जन डा.किरण श्रेष्ठले बताए। सुरुमा सेतो कोट दिवस भनिए पनि पछि कार्यक्रममा सुधार गरिएको डा. श्रेष्ठले बताए। उनले आफू भिभिआइपी उपचार समितिको सदस्य भएकाले कार्यक्रममा पुगेको बताए। पत्रअनुसार केही चिकित्सक कार्यक्रममा पुगे भने केही विभिन्न बहाना बनाएर सहभागी भएनन्। उनले नेपाल मेडिकल काउन्सिल जस्तो नियामक निकायले ध्यान नदिएको गुनासो पनि गरेका छन्। उनले नागरिकसँग भने, ‘सेतो कोट कार्यस्थलभन्दा बाहिर लगाइएमा मन्त्रालयले नियन्त्रण गर्नुपर्नेमा उल्टै दुरूपयोग गर्न उत्साहित गरियो’, गौतमले भने। उनका अनुसार कार्यस्थलबाहिर सेतो कोट लगाएर जाँदा गलत प्रभाव पर्न सक्छ। मन्त्रीले स्वास्थ्यकर्मीलाई सभागृहमा बोलाएको जानकारी पाएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले सामाजिक सञ्जालबाट विरोध जनाए। उनले फेसबुकमा लेखेका थिए, ‘विश्वास र व्यावसायिकतासँग जोडिएको सेतो कोट प्रदर्शनीको वस्तु होइन, अनावश्यक स्थानमा प्रदर्शन गर्नु पहिरनको दुरूपयोग हो।’ मन्त्रीले स्वास्थ्यकर्मीलाई सभागृहमा बोलाएको जानकारी पाएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले सामाजिक सञ्जालबाट विरोध जनाए। चिकित्सकले अस्पताल छिर्नेबित्तिकै सेतो कोट लगाउनुपर्ने र घर फर्कंदा अस्पतालमै छाड्नुपर्छ। नेपालमा भने स्वास्थ्यर्मीले समेत यसलाई बेवास्ता गरेकाले धेरै स्वास्थ्यकर्मीका बालबालिका संक्रमित हुने गरेको सुन्नमा आएको डा. मरासिनीले बताए। कुनै पनि संक्रमण अस्पताल बाहिर नजाओस् र बिरामीको सुरक्षित उपचार होस् भन्ने हेतुले लगाइने सेतो कोटलाई कुनै पनि रूपमा दुरूपयोग गर्न नहुने डा. मरासिनीको भनाइ छ। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले सेतो कोट दिवस मनाउने अभ्यास कुनै पनि राष्ट्रमा नभएको र यो गलत कदम भएको बताए। उनले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई सभा, सम्मेलनमा मन्त्रीले बोलाउँदा स्वास्थ्य सेवा प्रभावित हुने बताए। सेतो कोटको प्रयोग नितान्त अस्पताल र ल्याबमा मात्र हुने भएकाले यो लगाएर चिकित्सक घरमासमेत जान नहुने उनले बताए।