रक्तदाता संघ संस्था सम्मान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २०,

मुलुकमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाले रक्तदाता संघ संस्था सम्मान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी परिसरमा सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसंचार सेवा भन्ने मूल नाराकासाथ सम्पन्न गरेको छ । केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा ब्लोदानका उपाध्यक्ष राजेश श्रेष्ठ सल्लाहकार रमेश राज बस्नेत संचार क्षेत्रबाट सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता अग्रज वरिष्ठ समाजसेवी के. बि. सम्राट, सागर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाकि निर्देशक पूजा कोइरालाको अतिथिको अतिथ्यता थियो । कार्यक्रममा गत माघ २०७९ देखि चैत्र मसान्तसम्म ५० प्लस डोनेशन आयोजना गरेका संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।

नेरेसोका निर्देशक, उपनिर्देशक, केन्द्रीय रक्तसंचार सेवाका वरिष्ठ अधिकृत, अधिकृत लगायत कर्मचारीहरुको उल्लेख्य मात्रा उपस्थिति थियो । सम्मानित संघ संस्थाहरुका प्रतिनिधिहरुले नेरेसो तथा केन्द्रीय रक्तसंचार सेवालाई आ-आफ्ना गुनासा र सुझावहरु ब्यक्त गरेका थिए भने गुनासा र सुझावका लागि धन्यवाद तथा गुनासाका प्रतिउत्तर दिदै केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेल र नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले दिनुभएको थियो । कार्यक्रममा अतिथिहरुले आआफ्ना बिचारहरु तथा सुझाब दिदै मन्तब्य ब्यक्त गरेका थिए ।

Like