एक दिवसीय मान्यता जोगाउन नेपाल सफल, यूएई विरुद्ध सानदार जित,

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २८,

आइसिसी विश्वकप लिग–२ क्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । नेपाललाई जित्न २४८ रनको लक्ष्य पाएको यूएई २२ दशमलब ५ ओभरमा ७१ रन बनाउँदा अल आउट हुन पुग्यो र खेल१७७ रनले हार्न पुग्यो । यो जितसंगै नेपालले एक दिवसीय क्रिकेटको मान्यता जोगाउन सफल भएको छ । ३४ खेलबाट ३६ अंक बटुल्दै अमेरिकालाई पछि पार्दै लिग तालिकाको चौथो स्थानमा उक्लीन सफल भएको छ । यो हारसंगै यूएईले एक दिवसीय मान्यता जोगाउन प्लेअफ खेल्नु पर्ने भएको छ । आजको जित पछि नेपाललेअव बाँकी दुई खेल जितेर शीर्ष तीनमा रहने सम्भावना वलियो बनाएको छ । तेश्रो स्थानामा रहेको नामिविया भन्दा नेपाल अव ३ अंकले पछि छ । बाँकी दुई खेल जिते नेपालले नामिवियालाई पछि पार्न सफल हुनेछ । कार्तिक मैयप्पनले ११ रन बनाए भने बाँकी ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन ।यूएईलाई कमजोर सावित गर्न नेपालका लागि ललित नारायण राजवंशीले एक्लैले ७ दशमलब ५ ओभरमा २ मेडन ओभर फाल्दै २० खर्चेर ५ विकेट लिए । त्यसैगरी सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । त्यसैगरी सोमपाल कामी , दिपेन्द्रसिंह एैरी र गुल्सन झाले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो । कार्तिक मैयप्पनले ११ रन बनाए भने बाँकी ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन ।यूएईलाई कमजोर सावित गर्न नेपालका लागि ललित नारायण राजवंशीले एक्लैले ७ दशमलब ५ ओभरमा २ मेडन ओभर फाल्दै २० खर्चेर ५ विकेट लिए । त्यसैगरी सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । त्यसैगरी सोमपाल कामी , दिपेन्द्रसिंह एैरी र गुल्सन झाले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो । आज नेपाल विरुद्ध यूएईका लागि सबै भन्दा वढि आयान खानले २९ रनको योगदान दिए । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय पाली खेले । दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए । दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीसंग अर्धशतकिय साझेदारी गरेका थिए । नेपालले ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो । चौथो विकेट पछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको हो। युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान दुई दुई तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान एक एक विकेट लिए । भोलि ९ ३० बजे देखि नेपालले क्रितिपुर क्रिकेट मैदानमा पपुवा न्यूगिनी विरुद्ध श्रृखलाको ३५ औ खेल खेल्नेछ । त्यसैगरी चैत १ गते बुधवार नेपालले यूएईसंग श्रृखलाको अन्तिम खेल खेल्नेछ । स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ। नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचाै स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैठाै स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

Like