आइसिसी विश्वकप क्रिकेट लिग २, यूएई विरुद्ध नेपालले पहिलो ओभरमै विकेट लियो
रासंसा/काठमाण्डौ, फाल्गुण २२,
आइसिसी विश्वकप क्रिकेट लिग २ मा यूएई विरुद्ध नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । उनले पहिलो ओभरको दोश्रो बलमै यूएईलाई भड्का दिएका हुन । यस अघि युएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालका भिम सार्कीको अर्धशतकसंगै नेपालले घरेलु टोलीविरुद्ध ५० ओभरमा ८ विकेटको नोक्सानीमा २२९ रन बनाएको हो। ताजास्थीतीमा यूएईले ६ ओभरमा १ विकेट गुमाएर २७ रन बनाएर खेलिरहेको छ। २३० रनको विजयी लक्ष्य सहित क्रिजमा आएको यूएईका सुरुवाती व्याट्सम्यान मोहमद वासीमलाई नेपालका सोमपाल कामीले आउट गरे । लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ। नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ।यदि आजको खेलमा पराजित भए नेपाल शीर्ष तीनमा पुग्ने छैन।