काभ्रेको कुसादेविमा ओम आदि महायज्ञ महानुष्ठान शुभारम्भ
रासंसा/काभ्रेपलान्चोक, फाल्गुण १९,
मुलुकमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यले आयोजना गरिएको ओम आदि महायज्ञ महानुष्ठान शुभारम्भ भएको छ । काभ्मरेपलान्हाचोक जिल्लाको पनौती नगरपालीक वडा नम्बर २ स्थित कुसादेविको दरिम्माबोटमा शुभारम्भ भएको अनुष्ठानमा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष एवं यस मिडियाका संचालक के. बि. सम्राट, आश्रमकी संरक्षक माता भद्रकाली आश्रमका मधेश प्रदेशका प्रमुख एवं अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण लगायत नेपालका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको ओम आदि फाउन्डेसनका अध्यक्ष डा. उपेन्द्र महत्तोले जनाउनु भएको छ। महाअनुष्ठान आदित्य मोक्षधाम कुशादेवीको दारिम्बोटमा सुरु भएसँगै पनौती क्षेत्रमा चहलपहल निकै बढेको छ। २७ देशको जल र माटो ल्याएर पनौती नगरपालिका–२ स्थित आदित्य मोक्षधाममा महाअनुष्ठान सुरु भएको हो । यो महाअनुष्ठान इतिहासकै अनौठो र विलक्षण प्रयोग गरिएको ओम आदि फाउन्डेसनले जनाएको छ। आयोजकका अनुसार महाअनुष्ठानमा १०८ कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवनसमेत गरिनेछ। अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा देवी भागवत मात्रै होइन, सात पुराण एवं दुर्गा सप्तसती चण्डी पाठ र चार वेद पाठ पारायण (चार दिशामा) गरिने भएको छ। फाउनडेशनका सदस्यसचिव क्याप्टेन रामेश्वर थापाले तीन दिनसम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ता अग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने बताए। गुरुले अरूले समुद्रमा महल बनाए पनि औलोकिक धाम पनौतीमा स्वर्ग बनाउने बताउनुभयो । आदित्य मोक्षधामका परिकल्पनाकार आदि चन्द्र योगीले ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्व भरी चिनाउने अलौकिक गन्तव्य बनाउने संकल्पनाका साथ आदित्य मोक्षधाम निर्माण गरिएको उनले बताए। मोक्षधाममा १ सय अधिक स्मारक बनाइने योजना रहेको पनौती नगरपालिकाका पूर्वप्रमुख भीम न्यौपानेले बताए। त्यहाँ निर्माण भएको प्रत्येक स्मारक तथा मन्दिर अलौकिक र विलक्षण रहने उनले दाबी गरे। कार्यक्रम संयोजक आदित्य गुरु स्वयंको उपस्थितिमा हुने कार्यक्रममा गुरुदेव आदि चन्द्र योगीले १८ पृथक तर विशिष्ट किसिमका यज्ञ अनुष्ठान सम्पन्न पछिको छैटौँ शृंखलाको प्रयोग रहेको बताए। काभ्रेको पनौतीलाई स्वर्गको टुक्रा बनाउने उद्देश्यले आदित्य मोक्षधामको परिकल्पना गरिएको भनेर आदि चन्द्र योगीले बताएका संयोजक लक्ष्मीप्रसाद प्रसाईले बताए। स्मारक र मन्दिरका आर्किटेक्चर स्वयं गुरुदेव आदित्यले गरेका छन्। विश्वको आठांै आश्चर्यको रूपमा विकास गराउने उद्देश्यले सो स्मारक बनाउन लागेको हो। अहिले पहिलो चरणमा २७ रोपनी जग्गामा फैलिएको सो धाम विश्वकै नमुना हुने अपेक्षा गरिएको छ। त्यसका लागि बृहत् गुरु योजना बनेको छ। स्थानीय पनि आफ्नो गाउँमा धाम बन्न लागेकोमा औधी खुसी छन्। स्थानीय ऋषिराम सापकोटाले केही दिनयता पनौतीको बिहीबार क्षेत्र धार्मिक रूपमा विकास हुन लागेको अनुभुति भएको बताउनुभयो । धाम बनाउन लागेका हरेक संरचना कलात्मक मात्रै नभएर दिव्यताले भरिपूर्ण हुने फाउन्डेसनले जनाएको छ। काभ्रेको पुरातात्विक एंव धार्मिक मोक्षधामलाई भविष्यमा एक धार्मिक गन्तव्य मात्र नभएर योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञानकेन्द्र बनाउने परिकल्पना तयार भएको छ। अध्यक्ष डा. उपेन्द्र महत्तोले पनौतीमा निर्माण भएको धाम विश्वमै नमुना हुने बताउनुभयो ।