मेधा वचत तथा रीण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
रासंसा/काठमाण्डौ, आश्विन २८,
मुलुकमा मेधा वचत तथा रीन सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष अलराम थापाको सभापतित्व तथा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सभामा संस्थाका अध्यक्ष एवं सभाका सभापति बलराम थापाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने संस्थाका कोषाध्यक्ष यम बहादुर थापाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाको लेखा समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन लेखा समितिका संयोजक इश्वर रोकाले प्रस्तुत गर्नुभयो आर्थिक वर्ष २०७८/०७९ को सबै प्रतिवेदन सभाका सबै तह पदीय व्यक्ति व्यक्तित्वहरुले समर्थन जनाई पारित गरिएको थियो । सभामा शेयरधनी, संस्थाका पदाधिकारीहरु, सल्लाहकार, वडाका जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो । सभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि लेखा परिक्षण गर्न लेखा परीक्षक काशीराज अधिकारीलाई सर्वसम्मत नियुक्ति गरेको छ ।