गठबन्धन दल बैठक शीर्षमै ‘बार्गेनिङ’

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १६,

मुलुकमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । ‘कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेतृत्वलाई सिट संख्या र मोडालिटी’bout निर्णय गर्नेगरी प्रतिवेदन बुझाएको थियो । तर, शीर्ष तहमा पनि संख्या र मोडालिटी’bout दाबी भयो, सहमति भएन,’ बुधबारको बैठकपछि गठबन्धन आबद्ध दलका एक शीर्ष नेताले राजधानीसँग भने । गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सिट बाँडफाँटको मोडालिटी र संख्यामा असहमति भएपछि सो विषय शीर्ष तहमा पुगेको थियो । तर, बुधबार बसेको शीर्ष तहको बैठकमा समेत नेताहरूले आआप्mना दलको बार्गेनिङ राखेपछि कार्यदलमा जस्तै सिट संख्या र मोडालिटीमा विवाद भएको हो । बैठकमा कांग्रेस शीर्ष नेताबाटै चुनावी तालमेल गर्दा आपूmहरूले १ सय सिट पाउनुपर्ने दाबी पेस भएको हो । यसैगरी, नेकपा माओवादी केन्द्रले बैठकमा ६० सिटको यसअघिको अडान दोहो¥याएको छ । कार्यदलको बैठकमा समेत कांग्रेस र माओवादी केन्द्रको सोही अडान थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए । शीर्ष तहमा समेत सिट संख्या र र मोडालिटीमा सहमति नभएपछि गठबन्धन आबद्ध सबै दलले पुनः एकपटक आआप्mना दलभित्र आन्तरिक छलफल गर्ने र त्यसपछि बिहीबार पुनः शीर्ष तहको बैठक बस्ने सहमति बनेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सत्तारूढ दलभित्र सिट बाँडफाँट गर्दा कुन आधारमा गर्ने भन्नेसमेत अहिलेसम्म सहमति बन्न सकेको छैन । कांग्रेसले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउँदै आएको छ भने अन्य दलले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई आधार बनाउनुपर्ने अडान राख्दै आएका छन् । यसैगरी, शीर्ष तहको बैठकमा नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दाबी पेस गरेका छन् । यसअघिका कार्यदलको बैठकमा जस्तै सबै दलका तर्फबाट आआप्mना दाबी आएपछि बैठकमा ठोस सहमति जुट्न नसकेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने सिट बाँडफाँटको विषयमा सहमति नजिक पुगेको दाबी गरे ।

Like