मिसन १६५ सञ्चालन गर्न स्वतन्त्र उम्मेदवारहरूको प्रथम राष्ट्रिय भेला

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १८,

मुलुकमा स्वतन्त्र उम्मेदवारहरूको प्रथम राष्ट्रिय विशेष भेला-२०७९ मा अवधारणा पत्र प्रस्तुत गरिएकाे छ। शनिबार ललितपुरको सानेपामा आयोजित भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले सो अवधारणा पत्र प्रस्तुत गरेका हुन्। जसअनुसार ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, स्नातक तहसम्मको शिक्षा हुनुपर्ने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, उम्मेदवार बनेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने लगायतको मापदण्ड बनाइएको छ। उनले स्वतन्त्रहरूकाे संगठनमार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन्। अवधारणामा आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको लागि विभिन्न ११ बुँदामा मापदण्ड तोकिएको छ।

Like