मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १४,

मुलुकमा राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक भएसँगै यता राष्ट्र बैंकमाथि पनि मौद्रिक नीतिको दबाब बढेको हो । अहिलेको परिस्थितिले मौद्रिक नीतिलाई त्यति सहज नभएको भट्ट बताउँछन् । ‘वित्तीय बजारको बढ्दो तरलता अभावका बाबजुद तीव्र आयात, विदेशी मुद्राको सञ्चितिमा परेको प्रभावलाई कम गर्दै चालु खाता घाटा कम गर्नुपर्ने चुनौती यतिखेर बैंक सामु रहेको छ । यस्तै, बढ्दो बजार महँगीले पारेको प्रभावलाई समेत मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने आवश्यकता छ । यी सबै समस्यालाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउँछ, अहिले हामी यसैको तयारीमा छौँ,’ भट्टले रातोपाटीसँग भने । मौद्रिक नीतिकै लागि अहिले राष्ट्र बैंकले सरोकारवाला पक्ष, निकाय तथा व्यक्तित्वहरुसँग राय, सल्लाह सुझाव माग गरिरहेको छ । तर, मौद्रिक नीतिकै लागि भनेर अहिले नै कुनै औपचारिक छलफल तथा भेटघाट भने भइनसकेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन् । उचित सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्य हेरेर राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने नीति लिएको उनले भनाइ छ । खासगरी आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गर्दै गरेको राष्ट्र बैंक सामु अहिले मुख्य गरी चार चुनौती रहेका छन् ।

Like