अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

भिसा आएका श्रमिक पनि जान नपाउने गरि भोलिदेखि सबै म्यानपावर बन्द हुने

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ३१,

मुलुकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ । सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले सरकारसँग वार्ता जारी रहेको र वार्ता सफल भए जुनसुकै बेला आन्दोलन स्थगित हुन सक्ने बताए । तर, ठोस सहमति नभए आन्दोलन जारी रहने उनको भनाइ छ । सङ्घका अनुसार म्यानपावर कार्यालय बन्दसँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमिक उडान तथा वैदेशिक रोजगारीसम्बन्धी सरकारी र प्रशासनिक काम–कारोबारसमेत रोक्ने निर्णय गरिएको छ। श्रम मन्त्रालयको टोलीसँग भएको प्रारम्भिक छलफलमा ठोस सहमति हुन नसकेको सङ्घले जनाएको छ। सङ्घले आफ्ना मागको ठोस सम्बोधन र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नलिने जनाएको छ।

Like