देउवा पक्षले नयाँ पार्टी खोल्ने चुनाव चिन्ह शङ्ख

Share to:


अन्जनराज न्यौपाने
काठमाडौँ

काठमाडौं – नेपाली कांग्रेसभित्रको देउवा पक्षले नयाँ राजनीतिक मोड लिने तयारी गरेको छ। स्रोतका अनुसार देउवा पक्षले केही दिनभित्रै ‘शङ्ख’ चुनाव चिन्ह राखेर नयाँ दल ‘राष्ट्रिय कांग्रेस’ घोषणा गर्ने तयारी गरेको छ।

नेपाली कांग्रेसमा लामो समयदेखि गुटगत राजनीति चल्दै आएको छ। संस्थापनइतर पक्षसँगको विवाद र पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि बढ्दै गएपछि देउवा पक्ष छुट्टै दल गठनको तयारीमा लागेको चर्चा राजनीतिक वृत्तमा छ।

‘शङ्ख’ चिन्हलाई नयाँ दलको चुनाव चिन्हका रूपमा अघि सार्ने तयारी भइरहेको र घोषणाको मिति नजिकिएको स्रोतको दाबी छ।

यद्यपि, यसबारे देउवा पक्षबाट औपचारिक रूपमा केही बताइएको छैन। कांग्रेस विभाजनतर्फ गएमा यसले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।

Like