तनहुँमा तीव्र गतिमा सवारी चलाउने २४ जना चालक कारबाहीमा

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।
दमौली, २ जेठ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी दुर्घटना न्यूनीकरणका लागि आफ्नो सक्रियता बढाएको छ। यसै क्रममा सुरु गरिएको ‘तीव्रगति चेकजाँच अभियान’ अन्तर्गत आज नियम विपरीत तीव्र गतिमा सवारी साधन गुडाउने २४ जना चालकहरूलाई कारबाही गरिएको छ।
बढ्दो सडक दुर्घटनाको मुख्य कारण तीव्र गति नै रहेको ठहर गर्दै ट्राफिक प्रहरीले सडकका विभिन्न खण्डमा ‘स्पीड गन’ सहित विशेष चेकिङ टोली परिचालन गरेको हो। उक्त क्षेत्रमा तोकिएको ४० किमी प्रतिघन्टाको गति सीमा (Speed Limit) लाई उल्लंघन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएको छ।
Like