व्यास नगरपालिका-१ मा जेठ ६ गते निशुल्क छाती रोग परीक्षण शिविर हुने

Share to:


अन्जनराज न्यौपाने
तनहुँ, शुक्रबार गते 1 गते

व्यास नगरपालिकाले वडा नं. १ स्थित चारकुने आधारभूत स्वास्थ्य केन्द्रमा जेठ ६ गते निशुल्क पोर्टेबल एक्स-रे मार्फत छाती रोगसम्बन्धी खोजपड्ताल कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार उक्त दिन स्थानीय वडाबासी र पायक पर्ने अन्य वडाबासीलाई छातीको जाँच गरी स्वास्थ्य लाभ लिन अनुरोध गरिएको छ।

*अनिवार्य उपस्थितिका लागि तोकिएका समूहहरू: यस प्रकार छन् जस अन्तर्गत
1. ५० वर्ष माथिका सम्पूर्ण आभिभावकहरू
2. इट्टा भट्टीमा काम गर्ने सम्पूर्ण कामदारहरू
3. ज्याला मजदुरी गरी जीवनयापन गर्नेहरू
4. जाँड, रक्सी र चुरोट सेवन गर्नेहरू
5. दीर्घकालिन रोग जस्तै दम, मधुमेह, एच.आई.भी. एड्स भएकाहरू
6. निरन्तर रूपमा खोकी लागिरहनेहरू

कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन हुनेछ। थप जानकारीका लागि नगरपालिकाको सम्पर्क नं. 065-563162/563163 मा सम्पर्क गर्न सकिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

Like