चितवनमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, २ गम्भीर

राष्ट्र संरक्षण संवाददाता
*चितवन* – इच्छाकामना-१ कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनामध्ये १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर बिरामी परेका छन्।
मृत्यु हुनेमा ६ वर्षीया नमुना चेपाङ रहेकी छन्। उनी हात्तीबाङस्थित राष्ट्रिय माविमा कक्षा २ मा पढ्थिन्। च्याउ खाएर बिरामी परेका सजन चेपाङ र मनिता चेपाङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
घटना आज बिहान घरमै भएको हो। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइँदैछ।
Like