काठमाडौं उपत्यकामा ९५ कन्सल्टेन्सीमा छापा, ६९ जना नियन्त्रणमा

अन्जनराज न्यौपाने
काठमाडौं–
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका ९५ वटा शैक्षिक परामर्श संस्थामा एकैपटक अनुगमन तथा छापा मारेको छ।
अभियानका क्रममा विभिन्न कन्सल्टेन्सीबाट ६९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक स्क्रिनिङ र सोधपुछपछि थप अनुसन्धान अघि बढाइने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन्।
Like