अन्य थप

भगवानको खोजि अपारम्पार

Share to:


डा. के. बि. सम्राट
आज भगवानको बिषयमा चर्चा गरौँ । यहाँ जातको कुरा छैन, धर्मको कुरा छैन, सम्प्रदायको कुरा छैन, राजनीतिको कुरा छैन, रङ्गको कुरा छैन, आर्थिक उच-नीचको कुरा छैन, पढ अनपढको कुरा छैन । किनभने यी सबै कुराहरु भगवानले बनाएका होईनन्, हामीले बनाएको हौँ । मानिसहरुले बनाएका हुन् । तपाई जहाँ हुनुहुन्छ, जे हुनुहुन्छ, जस्तो हुनुहुन्छ- भगवानको असल रचना हुनुहुन्छ । भगवान यस संसारमा प्रचलित कुनै धर्ममा छैनन् । भगवान कुनै धर्म बिशेषमा भैदिएको भए भक्तहरु किन अनाहकमा मारिन्थे ? ऊनी त सबै धर्म भन्दा पर स्वतन्त्र रुपमा छन् । सबै धर्मको छाताको रुपमा छन् । ऊनले मानिसहरुमा बिभाजन चाहदैनन्, धर्महरु बिभाजन चाहन्छन् र बिभाजनका लागि हामी धर्महरु बनाउँछौँ । मानिसहरुले संसारमा मठ, मन्दिर, गिर्जाघर, मस्जीद बनाएका छन्- बिभाजनका अखडा हरु । ग्रन्थ, मन्त्र, मुर्ती, फोटो बनाएका छन्- आफूतिर तान्नको लागि । प्रार्थना, जप, पुजा, पाठ, दान आदि बनाएका छन्- लुट्न र लुटिनका लागि । भगवान आफै सम्पन्न छन्- हामीले केहि दिईरहनु पर्दैन ।
भगवान एउटा देवताका लागि विशेष रूपले श्रीकृष्ण, राम र वैष्णव धर्ममा भगवान विष्णुका अन्य अवतारहरु र हिन्दू धर्मको शैव धर्म परम्परामा भगवान शिवका एउटा अवतार हुन्। यस शब्दको उपयोग जैनीहरुद्वारा तीर्थकर, विशेष रूपले महावीर र बौद्धद्वारा भारतमा भगवान बुद्धको उल्लेख गर्नका निमित्त गरिन्छ। भारत र दक्षिण एसियाका अनेकौं क्षेत्रमा, भगवान हिन्दुहरुका लागि एक सार्वभौमिक ईश्वरको अमूर्त अवधारणाको प्रतिनिधित्व गर्दछ जो आध्यात्मिक र धार्मिक रहेका छन् तर एउटा विशिष्ट देवताको पूजा गर्दैनन्। भगवान स्वयम् प्रकृतिका ५ तत्व (पञ्चतत्व)को संयोजनको एक संक्षिप्त रूप हुन्। शाब्दिक अर्थमा भन्ने हो भने भ को अर्थ भूमि (पृथ्वी), ग को अर्थ गगन (अन्तरिक्ष वा आकाश), वा को अर्थ वायु (हावा), अ को अर्थ अग्नि (आगो) र अन्तमा, न को अर्थ नीर (जल वा पानी) भन्ने हुन्छ। यी समग्र मिलेर नै भगवान बनेका हुन्। “भगवान” शब्द वेदहरुमा वा प्रारम्भिक वा मध्य उपनिषदहरुमा देखा पर्दैनन्। मुण्डाका उपनिषदमा “भग” शब्दको उपयोग रहेको छ, तर “भगवान” शब्दका लागि हैन। “ईश्वर” शब्दको प्रयोग ईशावाशोपनिषद बाहेक वैदिक शास्त्रमा वर्णित छैन। देवताहरु र देवी-देवताहरुका प्रतिनिधित्व गर्नका लागि श्रीकृष्ण, विष्णु, शिव जस्ता देवताहरुका नामको उपयोग गर्दै, सबभन्दा पुरानो संस्कृत ग्रन्थ एउटा अमूर्त “सर्वोच्च आत्मा” र “पूर्ण वास्तविकता” को प्रतिनिधित्व गर्नका निमित्त ब्राह्मण शब्दको उपयोग गर्दछ। “ईश्वर” शब्द वेदहरु र उपनिषदहरुमा देखा पर्दछ, जहाँ यसको उपयोग आध्यात्मिक अवधारणाहरुमाथि चर्चा गर्नका लागि गर्ने गरिन्छ। भगवान शब्द पछी वैदिक शास्त्र जस्तै- श्रीमद्भगवद् गीता र पुराणमा पाइने गरिन्छ। भक्ति स्कूल साहित्यमा, यो शब्द साधारणतया कुनै पनि देवताका लागि उपयोग गर्ने गरिन्छ, जसका लागि प्रार्थना गर्ने गरिन्छ; उदाहरणका लागि, राम, गणेश, श्रीकृष्ण, ब्रह्मा, शिव वा विष्णु। विशेष रुपले देवता, प्रायः भक्तको र केवल भगवानको हुने गर्दछ। भगवान भक्ति परम्पराहरुमा पुरुष हुन र भगवानको स्त्री समकक्ष भगवती हुन्। केहि हिन्दुहरुका लागि, भगवान शब्द भगवान को एउटा अमूर्त, लिङ्गरहित अवधारणा हो। बौद्ध धर्मको पाली ग्रन्थमा, शब्दको उपयोग गौतम बुद्धलाई दर्शाउनका लागि गर्ने गरिन्छ, जसको उल्लेख भगवान बुद्ध र भगवान शाक्यमुनीका साथ गरे। भगवान शब्द अन्य थेरावदा, महायान र तन्त्र बौद्ध ग्रन्थमा पनि पाइन्छ। भारतका केहि जनजातिहरुका दाबी रहेको छ कि शरद बाबा भगवान ब्रह्माण्डका निर्माता हुन्। यो कुरा पनि भनिने गरिन्छ कि विभिन्न प्राणीहरुका लागि दु:ख र समृद्धि एकै समयमा हुने गर्दछ। यो संसारको यादृच्छिकतालाई स्वीकार गर्दछ र भन्दछ कि हामीलाई आफ्नो धर्मको पालन गर्नुपर्दछ, जो कि हामी मानव ब्रह्माण्डका थोरै मात्र मानवले गर्ने गर्दछ। देवकी श्रीकृष्णलाई जन्म दिनेवाली माता हुन् । देवकी मथुराका राजा कंसका पिता महाराजा उग्रसेनका भाई देवककी छोरी थिइन् । उनलाई अदितिको अवतार पनि मान्ने गरिन्छ । उनको विवाह वसुदेवसँग भएको थियो । त्यसैले भगवान श्रीकृष्णलाई देवकी नन्दन तथा वासुदेव भन्ने गरिन्छ । वसुदेवकी दोश्री पत्नी रोहिणी बलराम, एकांगा र सुभद्राकी माता थिइन् । उनले देवकीको सातौँ गर्भ ग्रहण गरेकी थिइन् । जसबाट बलरामको जन्म भएको थियो । भगवान श्रीकृष्णकी सौतेनी आमा रोहिणी नाग जातीकी थिइन् । माता यशोदा भगवान श्रीकृष्णकी न सौतेनी आमा थिइन् न त जन्म दिने आमा । तर उनले श्रीकृष्णको पालनपोषण गरेकी थिइन् । त्यसैले उनी जन्म दिने आमा र सौतेनी आमाभन्दा ठूली थिइन् । नन्दकी पत्नी यशोदाका पिताको नाम सुसुख र माताको नाम पाटला थियो । श्रीकृष्णका पिता वसुदेवका अरु पनि श्रीमतीहरु थिए । पौरवी,भद्रा,मदिरा,रोचना र इला यी सबै भगवान श्रीकृष्णका सौतेनी आमा थिए ।
जसरी यो ब्रह्माण्डको कुनै अन्त्य छैन, अन्त्य छैन र न सुरु नै छ, त्यसैगरी शिव अनन्त हुनुहुन्छ, सम्पूर्ण ब्रह्माण्ड शिवभित्र समाहित छ, केही नभए पनि शिव हुनुहुन्थ्यो, केही नभए पनि शिव हुनुहुन्थ्यो । शिवलाई महाकाल भनिन्छ, जसको अर्थ समय हो। शिवले आफ्नो यस रूपद्वारा सम्पूर्ण सृष्टिको पोषण गर्नुहुन्छ। यस रूपको माध्यमबाट भगवानले आफ्नो ऊर्जा र तापको शक्तिले सबै ग्रहहरूलाई एकताबद्ध गर्नुभएको छ।
सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार-प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । आदिको अर्थ प्रारम्भ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो ।
शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशूल हो । यि सबैको उनले नै निर्माण गरेको मान्यता छ ।
शिवको गलामा नाग देखिन्छ । अर्थात नागको माला लगाएको देखिन्छ । उक्त नागको नाम वासुकि हो । वासुकिको ठूलो दाजुको नाम शेषनाग हो ।
शिवको पहिलो पत्नी सतीले नै अर्को जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । उनलाई उमा, उर्मि, काली पनि भनियो ।
शिवको प्रमूख ६ पुत्र थिए, गणेश, कार्तिकेय, सुकेश, जलन्धर, अयप्पा र भूमा । सबैको जन्मको कथा रोचक छ ।
शिवका सात शिष्य थिए । जसलाई प्रारम्भिक सप्तऋषि मानियो । यी ऋषिले शिवको ज्ञान सम्पूर्ण धर्तीमा प्रचार गरेका थिए । त्यहीबाट भिन्न भिन्नै धर्म र संस्कृतिको विकास भएको मानिन्छ । शिवले नै गुरु र शिष्य परम्पराको सुरुवात गरेका थिए । शिवको शिष्य हो, बृहस्पति, विशालाक्ष, शुक्र, सहस्राक्ष, महेनद्र, प्राचेतस मनु, भरद्वाज । यसका साथै आठौं गैरशिरिस मुनी पनि थिए ।
शिवले गणमा भैरव, वीरभद्र, मणिभद्र, चन्दिस, नन्दी, शृंगी, भृगिरिटी, शैल, गोकर्ण, घन्टाकर्ण र विजय प्रमुख हुन् । यसका साथै पिशाच, दैत्य र नाग नागिन, पुश पनि शिवको गण मानिन्छ । शिवगण नन्दीले कामशास्त्रको रचना गरेको पाइन्छ । कामशास्त्रको आधारमै कामसूत्र लेखिएको थियो ।
भगवान सूर्य, गणपति, देवी, रुद्र र विष्णु यी शिव पञ्चायत भनिन्छ ।
नन्दी, स्कन्द, रिटी, वृषभ, भृंगी, गणेश, उमा महेश्वर र महाकाल ।
जसरी जय र विजय विष्णुको पार्षद हुन् । उसैगरी बाण, रावण, चन्ड, नन्दी, भृंगी आदि शिवको पार्षद हुन् ।
शिवको वेशभूष यस्तो छ कि, प्रत्येक धर्मको मान्छेले त्यहाँ आफ्नो प्रतिक खोज्न सक्छन् । मुशरिक, यजीदी, साबिईन, सुबी, इब्राहीमी धर्ममा शिव हुनेको छाप स्पष्ट रुपमा देख्न सकिन्छ । शिवको शिष्यले एक यस्तो परम्पराको सुरुवात गरेका थिए, जो पछि गएर शैव, सिद्ध, नाथ, दिगंबर, सूफी सम्प्रदायमा विभक्त भयो ।
भगवान शिवलाई देवता र असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन् । ऊ रामलाई पनि वरदान दिन्छ, रावणलाई पनि । उनले भस्मासु, शुक्राचार्य आदि केही असुरलाई बरदान दिएका थिए । शिव, सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको सर्वोच्व देवता हो ।
वनवासीदेखि लिएर सबै साधरण व्यक्तिले जुन चिन्हको पूजा गरिन्छ, ति पत्थरको ढोल, बटिया शिवको चिन्ह मानिन्छ । यसका साथै रुद्राक्ष, त्रिसुललाई पनि शिवको चिन्ह मानिनछ । कसैले डमरु र अर्द्ध चन्द्रलाई शिवको चिन्ह मान्छन् । अहिले धेरैजसोले शिवलिंग अर्थात शिवको ज्योति पूजा गर्छन् ।
हामीले भगवानको आशा गर्छौं- उनले कहिल्यै हाम्रो आशा गर्नु पर्दैन । हामीले नै हाम्रा लागि भगवान बनाएर मन्दिरमा राखेका छौँ- भिखारी बनाएर । हरेक दिन बेलुका हिसाव गर्छौं आज मेरो भगवानले कति कमायो भनेर । तर उनलाई कुनै कुराको अभाव छैन । उनलाई हामीले बनाउनु पर्दैन- हामीले बनाएको भगवान असली हुदै होईनन्- हुनै सक्दैनन् । उनी त हर प्राणीमा छन्- शुक्ष्म रुपमा । हर प्राणीमा मात्र होईन, कण कण मा छन् । सर्वव्यापक छन् र अविनाशी छन्- उनी नभएको ठाउँ छैन । सर्वव्यापक र अविनाशी भगवान सबै भन्दा नजिक हाम्रो हृदयमा छन् हरेक प्राणीको हृदयमा छन् । जव सम्म हामी जीवित रहन्छौँ- हामी भित्रै छन् । हरेक सानो भन्दा सानो र ठूलो भन्दा ठूलो बस्तु भगवानको मन्दिर हो- मेरो शरीर पनि । जव मेरो यो शरीर भत्किन्छ- उनी यो मन्दिरमा बस्दैनन् अनि मेरो प्रलय हुन्छ । अब मैले बिचार गर्नुछ कि- म भित्र बिराजमान मेरो भगवानको मैले आजसम्म अनुभव गरें कि गरिन ? उहाँलाई चिनें कि चिनिन ? उहाँको रुप रंग स्पर्श अन्धको अनुभूति भयो कि भएन ? मैले आज सम्म आराधना गरें कि गरिन ? मैले भक्ति गरें कि गरिन ? यता तर्फ सोच्ने बेला आयो । तर आजको “म” मैले आफ्नै हातले बनाएको भगवानको अगाडी हात जोडेर नानाथरी बिलौना गर्छु- नानाथरी मनोकामना माग्छु । मैले बनाएको भगवानले मलाई केहि देलान् ? मलाई यो कुरा थाहा छैन कि उनले मलाई दिनको लागि केहि कुरा बाँकी राखेका छैनन्- मलाई मात्र होईन, सबैथोक सबैलाई बराबरी दिएका छन् । हामीले कति सदुपयोग गर्यौँ ? हामी भगवानसंग मानव निर्मित पदार्थ माग्दछौँ- त्यो उनले कसरी दिउन् ? मलाई यस धर्तीमा जन्म दिए, अनवरत चलिरहने यो स्वाँस दिए, चेतना दिए र म भित्र नै आफ्नो आसन बनाएर बसे- यो भन्दा ठूलो कुनै अर्को कुरा छैन मेरो लागि ।
मैले म भित्र नै जीवंत भगवान, ईश्वर, अल्लाह, ईशामसिह, खोज्नुपर्छ । जहाँ उनी छन्- त्यहाँ खोज्नुपर्छ र पाउन सकिन्छ । अहिलेको बैज्ञानिक युगमा हरेक कुरालाई परिक्षण गरेर पुष्टि गरिन्छ र उपयोग गरिन्छ । परिक्षणबाट पुष्टि नगरेरै उपयोग गरिन्छ भने त्यो अन्धविश्वास हो- त्यसबाट उपलब्धी हुदैन । आउनुहोस्- हामी पनि हामी भित्र निवास गर्नुहुने भगवानको परीक्षण गरौँ- आत्मज्ञानको बिधि द्वारा । आत्मज्ञान द्वापर युगमा भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको ज्ञान हो, राजबिद्या हो । जुन समयमा संसारमा एउटा मात्र धर्म थियो- हिन्दुधर्म । त्यस बेलाका सबै मानिसहरु हिन्दु थिए । आत्मज्ञान हिन्दुधर्मावलम्बीहरुका लागि मात्र थिएन र होईन- यो त मानव मात्रका लागि हो । यहि आत्मज्ञानको बिधि नै बैज्ञानिक छ, परिक्षणबाट पुष्टि भएको छ । आज ११० देशका करोडौं मानिसहरुले यसको अभ्यास गर्छन्- श्री प्रेम रावतजीबाट आत्मत्ज्ञानको बिधि प्राप्त गरेर । आउनुहोस् तपाई पनि । हाम्रो समय कति छ थाहा छैन, समय छंदै आफ्नो कल्याण हुने उपाय गरौँ । आफ्नो भगवानको जीवन्त अनुभूति गरौँ । अब म यथार्थको धरातलमा आउनुपर्छ- मैले चेत्नु पर्छ । मैले म भित्र निवास गर्नु हुने मेरो भगवानलाई खोज्नु पर्छ, चिन्नुपर्छ । मैले उनको दर्शन म भित्रै गर्नुपर्छ- अर्जुनले जस्तै । मैले मेरो भगवानलाई अहिले, यो समयमा राम, कृष्ण, शिव, विष्णु, अल्लाह, ईशामसिह आदि कुनै रुपमा पनि पाउन सक्दिन । न उनीहरुका गाथा वाचन गरेर, सुनेर, कण्ठस्थ पारेर वा गाएर मेरो कल्याण हुन्छ किनकि उनीहरु अहिले यस संसारमा छैनन्, दिवंगत भैसके ।

Like