अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

अब योग, ध्यान र आरोग्य : आवश्यक नीति निर्माण गर्न विशेष तदारुकता देखाउँदै सरकार

Share to:

डा.शान्ति दुत/काठमाडौँ, चैत्र २४
मुलुकमा नेपाल सरकारले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा, शिक्षा तथा आध्यात्मिक विज्ञान सँग आबद्ध व्यक्तित्वहरुसंग मागेको राय माग गरेको छ।
सो कार्य संयोजनमा नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव ज्युगृह, मन्त्रालयका सचिवज्यु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिवज्यु प्रदेश सरकार सचिवज्यु यस क्षेत्रका विज्ञ ज्युहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले योग–ध्यान–आरोग्य क्षेत्रसँग आबद्ध संघ–संस्थाका प्रतिनिधिहरूसँग व्यापक राय–परामर्श लिने कार्यको प्रारम्भिक थालनी गरेको छ ।
प्रतिष्ठानद्वारा सञ्चालित वरिष्ठ कार्यकारी विकास कार्यक्रममा सहभागी पाँचजना वरिष्ठ सहसचिवहरूको समूहले योग–ध्यान–आरोग्यस्वजागरण सम्बन्धी राष्ट्रिय नीति निर्माणको आवश्यकता, औचित्य तथा कार्यान्वयनका सम्भावित विधिहरूमाथि गहन छलफल सम्पन्न गर्दै प्रारम्भिक मस्यौदा तयार पारेको छ । उक्त मस्यौदालाई थप परिपूर्ण र व्यवहारमुखी बनाउन सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरूलाई शीघ्र लिखित राय–सुझाव उपलब्ध गराउन विशेष अपिल समेत गरिएको योग ध्यान आरोग्य सन्जाल नेपालका महासचिव नबराज काफ्लेले अवगत गराएका छन् ।
काठमाडौँको चावहिलस्थित जीवन विज्ञान प्रतिष्ठान परिसरमा सम्पन्न उक्त कार्यक्रम नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र योग–ध्यान–आरोग्य सञ्जाल नेपाल बीचको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा दुवै पक्षले योग–ध्यान–आरोग्यलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्दै प्रभावकारी नीति निर्माण र कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । योग, ध्यान र आरोग्यसम्बन्धी विषयलाई राज्यस्तरीय नीतिगत ढाँचामा संस्थागत गर्दै अघि बढाउने उद्देश्यसहित नेपाल सरकारले देखाएको सक्रिय तदारुकता सराहनीय छ । अब १ विद्यालय १ योग शिक्षक व्यवस्थापन गरियोस् । अनि गाउँ गाउँमा आरोग्य केन्द्र खोलिनु पर्दछ, नेपालमा भएको ५ ज (जल, जमिन, जंगल, जडिबुटी र जनशक्ति) को संरक्षण गरि दिन समेत माग डा. शान्ति दुत योगयात्री विष्णु गर्नु भएको थियो।

Like