आज कामदा एकादशी व्रत मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १५,

कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट उक्काउन चाहन्छु । एक दिन राजा युधिष्ठिरले भगवान् कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।’
युधिष्ठिरको प्रश्न सुनेपछि भगवान् कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको महल थियो । त्यही ठाउँमा एउटा नाग लोक थियो, जहाँ भयङ्कर नागहरू बस्दथे । त्यो सुनको महलमा त्यस बेला क्रूर पुण्डरीक नामक राजाले राज गर्थे । राजा पुण्डरीकको सभामा केही गन्धर्वले गाउँथे भने केही अप्सराले नृत्य गर्थे । त्यही गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउँथे । ललित र ललिताको प्रेम निक्कै चरम अवस्थामा थियो । तर, एक दिन गन्धर्व ललितले राजासामु आफ्नो गीत गाउँदै गर्दा आफ्नो प्रेमिका ललितालाई सम्झन पुग्दा आफ्नो सुर र ताल बिगार्न पुग्छन् । सभामा भएका नागहरूले ललितले आफ्नो प्रस्तुति बिगारेको कुरा राजासमक्ष सुनाइदिए । त्यसपछि क्रूर राजाले ललितलाई त्यो गल्तीका लागि राक्षस हुने सराप दिए । सराप पाएपछि ललितको अनुहारमा भयङ्कर परिवर्तन आयो । उनको रूप राक्षसमा परिवर्तन हुन थाल्यो । आफ्नो प्रेमीको त्यो विकराल रूप देखेर दुखित ललिता एक दिन घुम्दै एक जना ऋषि कहाँ पुगिन् । त्यहाँ ललिताले ऋषिलाई आफूमा परेको समस्या व्याख्या गरिन् । तिनै ऋषिले ललितालाई चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको व्रत बस्ने सल्लाह दिन्छन् ।
ललिताले चोखो नितो गरेर श्रद्धापूर्वक कामदा एकादशीको व्रत बस्छिन् । यसबाट कमाएको पुण्य आफ्नो प्रेमी ललितका लागि अर्पिन्छिन् । नभन्दै ललितको पिसाचरुपको नाश हुन्छ । त्यही बेलादेखि कामदा एकादशीको महत्त्व रहन गएको हो ।चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ ।
कामदा एकादशी हिन्दू धर्ममा अत्यन्त पवित्र एकादशी हो, जुन विशेष गरी भगवान विष्णु को आराधनाका लागि मनाइन्छ।
यो एकादशीले सबै पाप नाश गरी मनोकामना पूरा गर्ने विश्वास गरिन्छ।
बिहान स्नान गरी शुद्ध वस्त्र धारण गर्ने भगवान विष्णुको पूजा गर्ने (फूल, तुलसी, दीप अर्पण) दिनभर व्रत बस्ने राति भजन, कीर्तन गर्ने
भोलिपल्ट द्वादशीमा व्रत पारण गर्ने
सबै प्रकारका पाप नाश हुन्छ
मनोकामना पूरा हुन्छ
जीवनमा शान्ति र समृद्धि आउँछ

Like