श्री राम नवमी व्रत, विश्व रङ्गमञ्च दिवस मनाइदै “कलियुगका राम: श्री ५ ग्यानेन्द्र वीर विक्रम शाहदेव

Share to:

श्री राम नवमी व्रत, विश्व रङ्गमञ्च दिवस, “कलियुगका राम: श्री ५ ग्यानेन्द्र वीर विक्रम शाहदेव
श्री राम नवमी व्रत
मिथिला के सिया धिया जगत् जननी भैल
मिथिलाकी सिया अर्थात् सीता जगत् जननी हुन । आजको दिन माता सीता र मर्यादा पुरुषोत्तम भगवान् रामको चरणमा अर्पण ।
नवमी विशेष “कलियुगका राम: श्री ५ ग्यानेन्द्र वीर विक्रम शाहदेव राम
आजको पावन दिन, जब हामी भगवान श्रीराम को जन्म उत्सव मनाउँदैछौँ, हामी एउटा गहिरो प्रश्न सोध्न चाहन्छौँ—
के आजको कलियुगमा पनि राम जस्ता आदर्श पुरुषको आवश्यकता छ ?
भगवान श्रीराम केवल एक देवता मात्र होइनन्, उहाँ धर्म, सत्य, मर्यादा र राष्ट्रप्रेमका प्रतीक हुनुहुन्छ। उहाँले सधैं धर्मको रक्षा गर्नुभयो, अन्यायको विरुद्ध लड्नुभयो, र प्रजाको हितलाई सर्वोपरि राख्नुभयो।
यस्तै सन्दर्भमा कतिपयले कलियुगमा पनि त्यस्ता नेतृत्व खोजिरहेका छन्— जसले राष्ट्र, संस्कृति र धर्मको रक्षा गर्न सकोस्। यसै क्रममा चर्चा गरिन्छ श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव को।
केही मानिसहरूको दृष्टिकोणमा, उहाँलाई “कलियुगका राम” भनेर पनि तुलना गरिन्छ। यो तुलना श्रद्धा र भावनामा आधारित हो— जहाँ एक राजाले राष्ट्रको एकता, सनातन संस्कृति र राष्ट्रिय पहिचान जोगाउने प्रयास गरेको मानिन्छ। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने— रामत्व कुनै एक व्यक्तिमा सीमित हुँदैन। रामत्व भनेको सत्यमा अडिग हुनु, धर्मको मार्गमा हिँड्नु, र समाजको भलोका लागि काम गर्नु हो।
आज राम नवमीको पावन अवसरमा, हामी सबैले आफैंभित्रको रामलाई जागृत गरौँ— सत्य बोल्ने, धर्म गर्ने, र राष्ट्रप्रति समर्पित हुने संकल्प लिऔँ।
वि.सं. २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्ड पछि नेपालको राजगद्दीमा आरोहण गर्नुभएका ज्ञानेन्द्र शाह, देशको एक जटिल राजनीतिक अवस्थाको बीचमा नेतृत्वमा आउनुभयो।
उहाँको शासनकालमा देशले द्वन्द्व, राजनीतिक अस्थिरता र परिवर्तनका ठूला चुनौतीहरू सामना गर्‍यो। विशेष गरी २०६१ सालमा प्रत्यक्ष शासन सम्हाल्ने निर्णयले देशभित्र र अन्तर्राष्ट्रिय रूपमा ठूलो बहस सिर्जना गर्‍यो। त्यसपछि २०६२/६३ को जनआन्दोलन २०६२/६३ ले नेपालको शासन प्रणालीमै ऐतिहासिक परिवर्तन ल्यायो।
यस आन्दोलनपछि, राजतन्त्रको अन्त्य भई नेपाल एक गणतन्त्र राष्ट्रमा रूपान्तरण भयो। तर पनि, आजसम्म पनि नेपाली समाजमा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव प्रति विभिन्न दृष्टिकोणहरू देखिन्छन्। केही मानिसहरू उहाँलाई राष्ट्रवादी नेतृत्वका रूपमा हेर्छन्, जसले देशको एकता र पहिचान जोगाउने प्रयास गर्नुभयो भन्ने विश्वास राख्छन्। अर्कोतर्फ, आलोचकहरू भने
उहाँका केही निर्णयहरूले लोकतान्त्रिक प्रक्रियामा असर पुर्‍याएको भन्दै आलोचना गर्छन्। यसैले, उहाँको भूमिका र योगदानलाई बुझ्न इतिहास, तथ्य र विभिन्न दृष्टिकोणलाई सन्तुलित रूपमा हेर्न आवश्यक छ।
आजको निष्कर्ष के हो भने— इतिहास केवल एक पक्षको कथा होइन, यो बहस, बुझाइ र विश्लेषणको यात्रा हो।

वाल्मीकि रामायणको एउटा घटनाक्रमबाट, एक दिन वनवासको बेला मर्यादा पुरुषोत्तम भगवान् श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरूबिच चलिरहेको लुकामारीमा राम एक्कासि धेरै बेरसम्म लुकेपछि जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो बिलौना अझ भनौँ पुकार गर्नुहुन्छ जसलाई भक्त कबिर लगायत थुप्रै भजन स्रष्टाले छन्द अनि गद्यका रूपमा लेख्नुभएको छ । के तपाईंलाई
सीता रानी आज्ञा गर्नुहुन्छ!
हे राम , कहाँ लुक्नुभएको,
राम, हृदयको दियो जलाउनुहोस् राम
पुरुष महिलाबाट नै बनेको संसार, एउटा बिना अर्को बेकार
छुटेको साथ, मिलाउनुहोस् राम, हृदयको दियो जलाउनुहोस् मेरा राम
मेरो बचन निभाउनु मेरा राम, हृदयको दियो जलाउनुहोस् राम
यी अनि यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रहरूले रामायणको समग्र प्रस्तुतिकर्ता एउटा महान् ग्रन्थ बनाउन सकेको हुनुपर्छ ।
राम अनि सीताको जीवनको वरिपरि रहेर तुलसीदासले ‘रामचरित्रमानस’मा अवधि भाषामा कथेका छन् । यसै रामचरित्रमानसका अवधि श्लोकहरूका आधारमा आज नेपालको तराई लगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोकहरूकै लय अनि माधुर्ययतामा राम सीताका कथाहरू प्रस्तुत गरिन्छ ।
कवि तुलसीदास प्रभु लेख्नुहुन्छ:
राम राम कहि जे जमुहाहीं ।
तिन्हहि न पापांपुज समुहाहिं ।
तर्जनीभ्यायं नमः
अर्थात् पापका असरहरू तिन कालागि निस्तेज रहनेछ, जसले हाई काढ्दा पनि रामको नाम लिन्छ ।
यिनै पाप मोचन गर्ने जनक सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी, असत्यको अन्धकार माथि सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ । वैदिक सनातन हिन्दु धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, फिँजी टापु, साउथ अफ्रिका अनि इन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तन लगायतका कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् । हिन्दु धर्ममा आस्था वान जो कोही राम नवमीका दिन सबेरै नुहाई धुवाइ, शुद्ध बनी राम मन्दिरहरूमा पुगी पूजा आराधना गर्दछन् ।
राम मन्दिरहरूमा बिहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतिक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्न कालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचीन हिन्दु धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघु वंशी सत्य वक्ता, मर्यादा पुरुषोत्तम अनि ज्ञानी राम नामको कृपाले हामी सबैमा सत्य मार्गको द्वार खुलोस् ।
राम नवमीका दिन राजधानीको बत्तिस पुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गा सागरमा स्नान गरी राम जानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र राम गीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीक कृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजन कीर्तनका साथ रात्रि जाग्राम बस्ने परम्परा समेत चलिआएको ।
त्रेतायूगमा चैत्र शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुसीयाली आज हजारौँ वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाइन्छ । अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मीकि पुराण अनुसार भगवान् रामको जन्म पाँच वटा ग्रहहरू उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान् रामको राज्य (राम राज्य) पनि न्याय कालागि नमना मानिन्छ । रामलाई वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै बढी पुजिने भगवानका रूपमा लिइन्छ । त्यही भएर रामका भाइहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरू तीन जना भाइहरू थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान् रामका सबैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावण राज्य लङ्का तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् ।
राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलङ्का अनि मालदिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएता पनि रावण आफैँ अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोत्तम रामको हातबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरी रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरू पनि छन् ।
आजभोलि सनातन धर्मका भगवानरुपी पात्रहरू राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दुका सम्पतीकारुपमा व्याख्या गर्न थालिएको छ । तर यो कुरा ठिक हैन, भागवत गीता का कुना कुना सम्म पनि हिन्दु धर्म लाई धर्म भन्दा पनि जीवन बाँच्ने शैलीका रूपमा मात्र व्याख्या गरिएको छ । सत्य पथ, धर्म अनि मानवता लाई प्रकृत प्रेम सँग एक ढिक्काका रूपमा सनातन धर्मले व्याख्या गरेको छ ।
वैकुण्ठ निवासी भगवान् विष्णुका सातौँ अवतारका रूपमा श्री रामले असत्यका प्रतिरूप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिला पुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक( रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यही कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरूलाई सुखशान्ति दिएका कारण भगवान् रामलाई युग पुत्रका रूपमा पुजिन्छ ।
राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैकालागी एउटा अनुकरणीय उदाहरण हो, सत्यको जीत होस् अनि हामी सबैमा सत्य बोल्न सक्ने सामर्थ्य बढिरहोस् ।
विश्व रङ्गमञ्च दिवस
अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (ITI) द्वारा सन् १९६२ मा विश्व रंगमञ्च दिवस मनाउन सुरु गरिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ, र यूनेस्को ले पनि यस दिवसको बिश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ । विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ। अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएको यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य र महत्त्व, मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवन मा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ। यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई जानकारी गराउन पनि काम गर्दछ ।
दर्शकहरू बस्न थालेपछि बत्तीहरू मधुरो हुन्छन्। पर्दा उठ्ने बित्तिकै, महिनौंको तयारी गरिएको कथा र पात्रहरु जीवन्त हुन्छन् । अन्तर्राष्ट्रिय रंगमञ्च दिवसले हलचल, मनोरञ्जन, शिक्षण, र मानिसहरूलाई परिवर्तन गर्नमा थिएटर कलाको मूल्यलाई मान्यता दिन्छ। थिएटर कलाको एक माध्यम हो जसमा विभिन्न तरिकामा काम गर्ने प्रतिभाशाली कलाकारहरूको विविध दायरा समावेश भएको हुन्छ । ती कलाहरु चाहे लेखन र निर्देशन, उत्पादन र अभिनय, भव्य पोशाकहरू सिर्जना गर्ने, वा प्रकाश र दृश्य डिजाइन ह्यान्डल गर्ने या अन्य कुनै पनि प्रकारका योगदानमा आधरित हुन्छन् जस्ले थिएटरलाई हामीमाझ ल्याएको हुन्छ । आजको दिन थिएटरका ति हरेक अवयवहरुको विशेष दिन हो, रंगमञ्च अटुट रहोस् ।
समग्र मानव जीवन चित्रण गर्ने प्रभावशाली विधाको रुपमा नाटकलाई लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन नाटक प्रभावकारी मानिन्छ । पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजरा चलाउन कठिन भएको रंकर्मीहरुले बताइरहेको यस अवस्थामा रंगमञ्चके ब्यबस्थापन, प्रवर्धन र रंगकर्मीहरुको पेसागत सुरक्षातर्फ पनि आज समबन्धीत निकायको ध्यान जाओस्, शुभकामना ।

Like