संकास्पद वस्तुसहित एक अघोरी देवघामधाम पगला बाबा आश्रमबाट पक्राउ
रासंसा/तनहुँ, फाल्गुण २९,
मुलुकमा देवघाटधामको तपोवन क्षेत्रमा रहेको पगला बाबा आश्रमसँग जोडिएको विवादमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोपाल बाबाद्वारा निर्माण गरिएको उक्त आश्रममा उहाँको देहावसानपछि वनको जग्गा अनाधिकृत रूपमा मिचेर विभिन्न संरचना निर्माण गरिएको आरोप लागेको छ। यस्तै, गोरखनाथको पवित्र अखण्ड धुनी कुटीमा समेत अशोभनीय तथा अनुचित गतिविधि भएको आरोप लगाइएको छ। उक्त घटनापछि बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय चितवनको भरतपुर सब–डिभिजन वन कार्यालयले अनुसन्धानका लागि उनलाई तत्काल पक्राउ गरी उपस्थित गराउन सम्बन्धित निकायलाई पत्र पठाएको हो। स्थानीयका अनुसार देवघाटधामकै ऐतिहासिक नागकुण्डको मूल प्रवेशद्वार नै डरधम्की देखाएर बन्द गराइएको गुनासो समेत आएको थियो। यसैबीच प्रहरीले आश्रम क्षेत्रमा छापा मार्दा केही शंकास्पद वस्तुहरू फेला परेको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।