प्रतिनिधि सभा निर्वाचनमा तीन वटा पार्टीले खाता खोल्दा एमाले अहिलेसम्म शून्य, किन चाउरिस मरिच आफ्नै रागले

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २२,

मुलुकमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा पाँच वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । अहिलेसम्म तीन वटा पार्टीले जित निकाल्दा प्रमुख राजनीतिक दल नेकपा एमालेले भने खाता खोल्न सकेको छैन । नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली कांग्रेसले दुई वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् । रास्वपाले काठमाडौँ–६, काठमाडौँ–८ र काठमाडौँ–१ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः शिशिर खनाल, विराजभक्त श्रेष्ठ र रन्जु न्यौपाने निर्वाचित भएका हुन् भने नेपाली कम्युनिस्ट पार्टीबाट भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।

Like