“”म रक्तदान गर्छु” मूल प्रतिबद्धताका साथ २०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस (माघ १५) सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, माघ १६,

मुलकमा “”म रक्तदान गर्छु” मूल प्रतिबद्धताका साथ २०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस(माघ १५) नेपाल स्वयंसेवी रक्तदाता समाज,काठमाडौंले स्थानीय केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र नेरेसाेकाे भवनमा एक बिशेष समारोहकाे आयाेजना गरि सम्पन्न भएको छ ।

डा. घनश्याम खतिवडाद्वारा उद्घाेषित साे समारोहका प्रमुख अतिथि उप-प्राध्यापक,त्रि.बि. बाैद्ध अध्ययन बिभागका भिक्षु आनन्द हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरूमा क्रमशः डा.विशेष पाैडेल प्राबिधिक सल्लाहकार नेपाल स्वयंसेवी रक्तदाता समाज,सूर्य कुमारी श्रेष्ठ,सदस्य नेरेसाे तदर्थ समिति डा.अनिल भट्टराई,प्रमुख मनमाेहन कार्डियाे भाष्कुलर थाेरासिक सेन्टर शिक्षण अस्पताल डा.कपेन्द्रशेखर अमात्य डा.मनिता श्रेष्ठ राजकर्णीकार,निर्देशक,केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ता रहनुभएकाे थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं जिल्ला शाखाका संयाेजक राधाकृष्ण तण्डुकारले स्वागत मन्तब्यबाट समारोहलाई शिष्टताका साथ अगाडि बढाईएकाे साे समारोहकाे उद्घाटन प्रमुख अतिथिबाट २५औं वर्षको आफ्नो प्रणय दिनकाे उपलक्ष्यमा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाता द्वय: तेजरत्न/सरिता महर्जनलाई संकलन थैली हस्तान्तरण गरेर गर्नुभएको थियो ।

उक्त विशेष समारोहमा ब्रम्हटाेल मिसा पुच:,ईभेण्ट साेलुशन,डा.घनश्याम खतिवडालाई प्रमुख अतिथिबाट धन्यवाद एवं कदर-पत्र प्रदान गरि सम्मान प्रदान गरिएको थियोे । त्यसैगरी आवश्यक्तानुसार आकस्मिक रूपमा रक्तदान गर्न आउनुहुने स्वयंसेवी रक्तदाताहरू क्रमशः Rh.±ve का On Call Blood Donor – इन्द्ररत्न बज्राचार्य A Pos. , लक्ष्मी बलाय श्रेष्ठ B Pos. , जीतन राजाेपाध्याय O Pos. , निधिस सापकोटा AB Pos. , नरेन्द्र श्रेष्ठ A Neg मधु लाेहनी B Neg. , ध्रुव अधिकारी O Neg. र देबेन्द्र स्थापित AB Neg. लाई पनि कदर-पत्र प्रदान गरिएको थियोे । स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा जगाउने मूल उद्देश्यले नयाँ रक्तदान जागरण गीतकाे पनि लाेकार्पण गरिएकाे थियोे । मलाई मन पर्याे याे काम मन पर्याे जाउँ न साथी गर्न रक्तदान जागरण गीतको लोकार्पण पनि भएको थियो ।

Like