संयुक्तरूपमा दाेश्राे पटककाे रक्तदान कार्यक्रम आयाेजना गरि सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २९,

मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा का.म.न.पा. वडा नम्बर १६ स्थित बालाजु बाईपासमा बिज्ञान पूर्व विद्यार्थी सामाजिक संस्था,तादी गाउँपालिका वडा नम्बर ५, नर्जामण्डप नुवाकोट र ललितपुर स्थित लगनखेल बसपार्क छेउमा यल नेवा: समाज र संस्था बिकास समितिद्वारा संयुक्तरूपमा दाेश्राे पटककाे रक्तदान कार्यक्रम आयाेजना गरि सम्पन्न गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई यल नेवा: समाजका उपाध्यक्ष न्हुक्ष नेम्कुलद्वारा खादा पहराउनुका साथै यल नेवा: समाजका सल्लाहकार रत्नमान चित्रकारले सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको उक्त कार्यक्रमहरूमा महिला तथा पुरूष गरि क्रमशः ३२+६५= ९७ जम्माले रक्तदान गर्नुभएको थियोे । रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रममा प्रमुख उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण-पत्र प्रदान गरि सम्मान जाहेर गर्नुभएको थियोे ।

Like