स्वतन्त्र पत्रकार संघ नेपाल अर्थाखांची अध्यक्ष सहित तिन जना पक्राउ
अर्घाखाँची/कार्तिक २०,
मुलुकमा गत भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तिन जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सन्धिखर्कबाट तीन जना युवालाई पक्राउ गरेको हो । अर्घाखाँची जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको र थप अनुसन्धान गरी कानुनअनुसार सजाय हुने प्रहरी निरीक्षक झलकप्रसाद शर्माले हामीलाई बताए । भूमिकास्थान नगरपालिका–१ घर भई हाल सन्धिखर्क नगरपालिका–२ घोचेखोला बस्ने स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची अध्यक्ष गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्कर पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगाना हिजो बुधबार पक्राउ परेका हुन् । गत भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो । घर आगजनी र तोडफोड गरेको भन्दै मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोज अन्तिमतिर खनाल, पौडेल र ढुंगानासहित ११ जनाविरुद्ध अर्घाखाँची जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् ।
स्वतन्त पत्रकार संघ नेपाल अर्घाखाँची जीला शाखाले एक प्रेस विज्ञप्ति निकाल्दै स्वतन्त्रताको खिलापमा राजनीतिकरण भयो भन्दै संघले यस घटनालाई षड्यन्त्रपुर्व रचिएको र प्रेस स्वतन्त्रतालाई कमजोर पर्ने प्रयासका रुपमा लिएको संघको भनाई छ । संघले स्पष्ट रुपमा भनेको यति कुनै आरोप छनभने निष्पक्ष छानबिनका माध्यमबाट सत्यतथ्य स्थापनार्थ कानूनी बाटो अबलम्बन होस् तर पत्रकारको अभिव्यक्ति र आवाज दबाउने कुनै पनि प्रयास अस्वीकार्य छ भनिएको छ । सोहि बिज्ञप्तिलाइ समर्थन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालले स्वतन्त्र पत्रकारमाथिको धम्कि, दबाब, पक्राउ र दमन हो, यस माध्येमबाट डराउने प्रयास लोकतन्त्रको मर्ममाथिको गम्भीर आघात हो भन्दै यदि स्वतन्त्र पत्रकार संघ ने[नेपाल अर्घाखाँची जीला अध्यक्ष गुरुदेव खनालसहित पक्राउ परेकाहरुलाई बिना शर्त तत्काल रिहा गर्न, पत्रकारका मौलिक हक सुनिश्चित गर्न र घटनाको निष्पक्ष छानबिन गर्न सम्बंचित निकायको ध्यानाकर्षण गराउदछ ।
