देवघाट बिकास केन्द्र नेपालको साधारणसभा मंसीर १३ गते सनिबार हुने
रासंसा/काठमाण्डौ १९,
मुलुकमा देवघाट विकास केन्द्र नेपालको संचालक समितिको जुम बैठक संस्थाका अध्यक्ष डा. नारायणाचार्य देवबाबाको अध्यक्षतामा बस्यो । बैठकमा उपाध्यक्ष डा. के. बि. सम्राट, कोषाध्यक्ष ई. राम भक्त बादे, सचिव केसव प्रसाद संजेल, सहसचिव झलकराज पौडेल र प्रमुख संरक्षक धर्मपालक गुरु वशिष्ट उपस्थिति रह्यो । बैठकमा उपस्थित पदाधिकारीले आ-आफ्ना धारणा राखेर निर्णय निकालिएको थियो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को तेह्रौ वार्षिक साधारण सभामा प्रस्तावित प्रस्तावहरुमा छलफल गर्ने, अध्यक्षज्यूको भावियोजना सहितको प्रतिवेदन, कोषाध्यक्षज्युको आर्थिक प्रतिवेदन, सचिवज्यूको प्रतिवेदन प्रस्तुत गर्ने गरि भब्य र सभ्य रुपमा साधारणसभा सम्पन्न गर्ने निर्णय गरियो । जुम बैठक अध्यक्ष डा. नारायणाचार्य देवबाबा धरानबाट, उपाध्यक्ष डा. के. बि. सम्राट काठमाण्डौबाट, कोषाध्यक्ष ई. राम भक्त बादे भक्तपुरबाट, सचिव केसव प्रसाद संजेल मकवानपुरबाट, सहसचिव झलकराज पौडेल बर्दियाबाट र प्रमुख संरक्षक धर्मपालक गुरु वशिष्ट काठमाण्डौबाट उपस्थिति थियो । बैठकले साधारणसभा हरिकिर्तन बैदिक धर्मशाला भरतपुर महानगरपालिका वडा न. १ स्थित देवघाट चितवनमा बिहान ११ बजे हुने निर्णय भएको देवघाट बिकास केन्द्र नेपालका सचिव केशव प्रसाद संजेल ज्युले बताउनुभयो ।
