चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २३,

मुलुकमा चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ हुने देखिएको छ । ‘१५ दिनदेखि चिनियाँ टोलीले यो खण्डको सर्भे गरिरहेको छ । सर्भे गर्न नै दुई महिना लाग्छ भनेका छन्,’ चक्रपथ विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले भने, ‘सर्भे सकिएपछि डिजाइनको काम अघि बढाउँछन् । ६ महिनाभित्र सर्भे र डिजाइन सक्ने उनीहरूको योजना छ । त्यसपछि उतै टेन्डर गरेर निर्माण कम्पनी छनोट गरी निर्माण प्रक्रिया बढाउँछन् ।’ चक्रपथ दोस्रो खण्ड (कलंकी–चाबहिल खण्ड) विस्तार गर्ने भनिए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि वसुन्धरा पुलसम्म मात्र विस्तारको तयारी भएको छ । सो सडकको दूरी ८.२ किलोमिटर छ । डिजाइनपछि निर्माण कम्पनी छनोट गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी रहेको उनले जानकारी दिए । उनका अनुसार चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका १८ जना प्राविधिक फिल्डमा खटिएका छन् । यस खण्डमा नेपाल सकारको तर्फबाट निर्माण गर्ने सर्भिस लेन निर्माण गरिसकेको छ । दिनहुँ धुलो र हिलोका कारण मानिसको स्वास्थ्यमा समस्या देखिनुका साथै दुर्घटनासमेत बढेको छ । साथै सडक छेउछाउका व्यापार व्यवसायमा समेत यस सडकको प्रभाव परेको स्थानीय सरोकारवालाको गुनासो छ । यो खण्ड ७ वर्षअघि विस्तार कार्य सुरु हुनुपर्ने हो । तर हालसम्म विस्तार नहुँदा सडक आसपासका बासिन्दाले निकै सास्ती खप्दै आएका छन् । यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो । यससँगै आयोजनाले २०७५ जेठ १४ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । र सोहीवेला हटाइएको पनि थियो । तर कोभिड १९ का कारण निर्माणको काम अघि बढ्न सकेन । २०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०८१ मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जा थिए । यसपछि २०७९ फागुनमा पनि दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । तर सो अध्ययनको कुनै रिपोर्ट निकालेन । गरेका प्रहरी चौकीदेखि चप्पल कारखानासम्म करिब ७०० मिटरसडक विस्तारका लागि ठेक्का आह्वान भइसकेको छ। उक्त सडकलाई १० मिटर फराकिलो चाइनाकै मोडालिटीअनुसार निर्मामाण गर्नेगरी काम भइरहेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिङपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको बुँदामा काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको थियो । सोहीअनुसार चिनियाँ टोली सर्भेका लागि आएका हुन् । सडक डिभिजन काठमाडौँले तेस्रो खण्डको केही भागमा विस्तारको काम अघि बढाएको छ । डिभिजन काठमाडौँका सूचना अधिकारी महानन्द जोशीले नारायण गोपाल चोक नजिकै रहेको प्रहरी चौकीदेखि चप्पल कारखानासम्म निर्माण थालिएको जानकारी दिए । यसअघि चीनले चक्रपथको कोटेश्वर–कलंकी पहिलो खण्ड विस्तार गरेको थियो । उक्त खण्ड विस्तार कार्य २०६९ सालमा सुरु भएको थियो । करिब ६ वर्षको अवधिमा २०७५ सालमा सडक विस्तार सम्पन्न गरेको थियो । करिब ५ अर्ब रहेको छ । ‘प्रहरी चौकीदेखि चप्पल कारखानासम्म करिब ७०० मिटरसडक विस्तारका लागि ठेक्का आह्वान भइसकेको छ,’ उनले भने, ‘२२ करोडमा लागतमा ठेक्का सुरु गरिएको हो । उक्त सडकलाई १० मिटर फराकिलो चाइनाकै मोडालिटीअनुसार निर्मामाण गर्नेगरी काम भइरहेको छ । एकदमै स्पिडमा काम भइरहेको छ ।’ ‘खासगरी गौशाला, एयरपोर्ट साइडको सडकको जग्गा क्लियर नहुँदा त्यता विस्तारको काम अघि बढाउन सकिएको छैन । कहीँ घर, रूख छन्, कहीँ एयरपोर्टको तारबार छ,’ उनले भने, ‘त्यसकारण ठेक्का लाग्न सकेको छैन । एयरपोर्टभन्दा यता सिनामंगलतिर ठेक्का हुने प्रक्रियामा होला ।’ महाराजगञ्जदेखि कोटेश्वरसम्म सडक विस्तारका लागि क्लियर नभएको हुँदा सबै खण्ड विस्तारका लागि ठेक्का लाग्न नसकेको उनको भनाइ थियो । सडक डिभिजन काठमाडौँका इन्जिनियर अर्जुन नेपालीका अनुसार नारायण गोपाल चोक नजिकै रहेको प्रहरी चौकीदेखि चप्पल कारखानासम्मको सडकमा एउटा कल्भर्ट रहनेछ । ‘३ मिटर स्पान रहेको कल्भर्ट निर्माण हुँदै छ,’ इन्जिनियर नेपालीले भने, ‘यो कल्भर्ट लगभग निर्माण भइसकेको छ ।’

Like