भारत–पाकिस्तान तनाव चर्किंदै

Share to:

एजेन्सी/बैशाख २०,

विश्वमा भारत–प्रशासित काश्मिरको पहलगाममा ११ दिनअघि आतंककारी आक्रमणमा २७ जनाको मृत्यु भएको घटना विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव सुरु भएको छ । २३ अप्रिल अर्थात् गत ९ वैशाख मंगलबार भएको आतंककारी आक्रमणमा परेर एक नेपालीसहित २७ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध पाँच निर्णय गरेको थियो । बैठकले सिन्धु जलसन्धि निलम्बन गर्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको थियो । यसैगरी, पाकिस्तानीका लागि भिसा तत्काल लागू हुनेगरी प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई ४८ घण्टाभित्र देश छोड्न भनिएको थियो । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा दिइने छैन ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठकले पाँच प्रमुख निर्णय लिएको थियो । भारतले सिन्धु जलसन्धिमा आफ्नो सहभागिता निलम्बन गरेको छ, जसले पाकिस्तानलाई पानी बाँडफाँड संयन्त्र लागू गर्दछ । पाकिस्तानले पनि सन् १९७२ को सिमला सम्झौताबाट बाहिरिने धम्की दिएको छ, जसले दुवै राष्ट्रलाई पहिलेको युद्धविराम रेखा नियन्त्रण रेखा (एलओसी)को एक वास्तविक सीमाका रूपमा मान्यता दिने प्रतिबद्धता जनाएको थियो । काश्मिरको विषयलाई लिएर दुई राष्ट्रबीच लामो समयदेखि द्वन्द्व चर्किंदै आएको छ । त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको थियो । पाकिस्तानी कूटनीतिज्ञलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको थियो । सन् २०२१ देखि युद्धविराम सम्झौता भए पनि हालको तनावलाई सन् २०१९ पछिको सबैभन्दा गम्भीर रूपमा लिइएको छ । जब भारत प्रशासित काश्मिरको पुलवामामा भएको आक्रमणमा ४० सैनिकको मृत्यु भएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण सुरु गरेको थियो । हालका दिन उनीहरूले नियन्त्रण रेखामा गोलाबारी गरेका छन् । यस क्षेत्रमा पुनः एकपटक दुई देशबीच द्वन्द्व बढ्ने संकेत देखिएको छ ।सन् २०२१ देखि युद्धविराम सम्झौता भए पनि हालको तनावलाई सन् २०१९ पछिको सबैभन्दा गम्भीर हो । जब भारत प्रशासित काश्मिरको पुलवामामा आक्रमणमा ४० सैनिकको मृत्यु भएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण सुरु गरेको थियो बढ्दो तनावबीच गत बुधबारमात्रै संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफ र भारतीय विदेशमन्त्री एस जयशंकरलाई फोन गरेर दुवै पक्षलाई तनाव कम गर्ने बाटो खोज्न आग्रह गरेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बिहीबार आफ्ना भारतीय समकक्षी राजनाथ सिंहलाई फोन गरेर आक्रमणको निन्दा गरेका छन् । साथै, भारतलाई समर्थन गरेका छन् । पहलगाम हमलापछि दुई देशबीच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन् । जियो न्युजको रिपोर्टअनुसार आसिफले ‘यदि भारतले सिन्धु सम्झौता उल्लंघन गर्छ र सिन्धु नदीमा बाँध बनाउँछ भने पाकिस्तानले भारतमाथि आक्रमण गर्ने’ चेतावनी दिएका हुन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले आफ्ना तीन निकटतम सहयोगी चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका राजदूतलाई भेटेर आफ्नो देशलाई समर्थन गर्न आग्रह गरेका छन् । साथै, दुई खाडी राष्ट्र साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका राजदूतमार्फत भारतलाई तनाव कम गर्न दबाब दिन पनि आग्रह गरिएको छ । यसैबीच, भारतीय सेनाले मे २–३ को राति पाकिस्तानी सेनाले जम्मू काश्मिरको कुपवाडा, उरी र अखनसर क्षेत्रमा नियन्त्रण रेखा पार गरी गोलाबारी गरेको आरोप लगाएको छ । दुवैतर्फबाट लगातार नवौ ं दिन गोलाबारी भइरहेको छ । यस्तै पहलगामा आतंककारी आक्रमण हुनुअघि पाकिस्तानी सेना प्रमुख जनरल आसिम मुनीरले भनेको भनाइको विषयलाई लिएर भारतले गम्भीर रूपमा लिएको छ । गएको १७ अप्रिलमा इस्लामाबादमा विदेशमा बस्ने पाकिस्तानीसँगको बैठकमा जनरल मुनीरले ‘हामी हरेक हिसाबले हिन्दुभन्दा फरक छौं,’ भन्ने अभिव्यक्ति दिएका थिए । यता, पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारको एक्स खाता पनि भारतमा ब्लक गरिएको छ । केही दिनअघि तरारले पाकिस्तानमाथि भारतीय आक्रमण भएको दाबी गरेका थिए । यसअघि शुक्रबार भारतले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको आधिकारिक युट्युब च्यानल र इन्स्टाग्राम खाता ब्लक गरेको थियो । त्यसको पाँच दिनपछि काश्मिरको पहलगाममा आतंककारी हमला भएपछि उनको अभिव्यक्ति सो घटनासँग सम्बन्ध हुन सक्ने आाकलन भारतीय पक्षले गर्दै आइरहेको छ । यद्यपि, पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आइरहेको छ । पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको भनेपनि आतंककारीहरूले किन हिन्दुहरूलाई मात्रै छानेर आक्रमण गरे भनेर प्रश्न उठेको छ । ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुइटा युद्ध र अन्य कैयौ ं द्वन्द्वका घटना पनि भए । भारतले यो क्षेत्रमा करिब ५ लाख सैनिक स्थायी रूपमै परिचालन गरेको छ । भारत सरकारले सन् २०१९ मा काश्मिरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन् । पाकिस्तानी सेना प्रमुखले त्यसबेला काश्मिरका विषयमा पनि बोलेका थिए । काश्मिरलाई पाकिस्तानको ‘शरीरको नसा’ (जग्युलर भेन)को संज्ञा दिएका थिए । र, भारतको कब्जाविरुद्धको काश्मिरीको वीरतापूर्ण संघर्षमा पाकिस्तानले साथ दिइरहने प्रतिज्ञा गरेका थिए । सो भाषण विगतका वर्षमा पाकिस्तानी नेताले दिएका थुप्रै वैचारिक वक्तव्यमध्ये एक भएर पनि रहन सक्थ्यो । तर, काश्मिर घटनाले यसलाई विशेष बनायो । उनको सो भाषणको ठिक पाँच दिनपछि भारत–शासित काश्मिरको पहलगाममा पर्यटकमाथि आतंककारीले गोली चलाएका थिए । सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथकतावादी सशस्त्र विद्रोह सुरु भएयता द्वन्द्व सुरु भएको हो । द्वन्द्वका क्रममा यो ठाउँमा सुरक्षाकर्मी र सर्वसाधारणसमेत गरेर १० हजारभन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो समय सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दु धर्मावलम्बी चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए । त्यसअघि सन् २०१९ मा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती आक्रमणमा ४६ सैनिक मारिएका थिए । त्यसपछि भारतले पाकिस्तानमा विद्रोही लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो ।

Like