राष्ट्रपति पौडेलद्वारा भारतमा भएको आतंकवादी हमलाको निन्दा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १०,

मुलुकमा राष्ट्रपति रामचन्द्र पौडलले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन्। ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन ।हिजो पहलगाममा घुम्न गएका एक नेपाली पर्यटकसहित २६ जनाको सामुहिक हत्या गरिएको घटना प्रति राष्ट्रपति पौडेलले निन्दा गरेका हुन् । राष्ट्रपति पौडेलले प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

Like