श्रीपरमानन्द संस्कृत गुरुकुल विद्यापीठमा कक्षा ६ मा प्रवेश परिक्षाको नतिजा प्रकाशन

Share to:

पुष्पराज खतिवडा/तनहुँ, बैशाख ६,

श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठम देवघाटधामका कक्षा ६ मा भर्नाका लागि ४४ जिल्लाबाट १७८ जना विद्यार्थीले आवेदन दिएकोमा ३३ विद्यार्थी सफल भएका छन् भने ४ जना विद्यार्थी वैकल्पिक नामावलीमा परेका छन् । शैक्षिक सत्र २०८२ सालका लागि यस विद्यापीठमा कक्षा ६ मा अध्ययन गर्नका लागि यहि बैशाख ५ गते प्रवेश परिक्षा लिइएको थियो । योग्यताक्रमका आधारमा छनौटमा परेका सफल यहि बैशाख १२ गते साँझ ४ बजेसम्ममा भर्ना भइसक्नुपर्ने अन्यथा सफल विद्यार्थी भर्ना नभएको खण्डमा बैकल्पिक विद्यार्थीलाई भर्ना गरिने कुरा गुरुकुलका प्रधानाध्यापक डा. स्वामी विमलानन्द सरस्वतीजी महाराजले जानकारी दिनुभयो ।

Like