को हुन् राजावादीको प्रदर्शनमा ‘पेस्तोल’सहित देखिएका व्यक्ति ?

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

मुलुकमा राजवादीको प्रदर्शनमा शुक्रबार एक व्यक्ति पेस्तोल लिएरै सडकमा उत्रिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कतिपयले उक्त व्यक्तिलाई राजावादी भनिरहेका छन् भने कतिपयले सादा प्रहरी भएको बताइरहेका छन्। व्युरोका एक उच्च अधिकारीले पनि ती व्यक्ति आफ्नै कार्यालयका सादा प्रहरी रहेको पुष्टि गरे। आन्दोलनका क्रममा व्युरोको गाडी राजावादी प्रदर्शनकारीले नियन्त्रणमा लिएर तोडफोड गर्दै थिए। सोही क्रममा सादा पोसाकका ती प्रहरीले पेस्तोलसहित पोजिसन लिएको ती अधिकारीको भनाइ छ। ‘आफूहरूमाथि नै आक्रमण हुने भएपछि उहाँ (ती प्रहरी)ले पोजिसिन लिएका हुन्। घटनामा हाम्रो गाडी पनि जलाइएको छ,’ती अधिकारीले भने। खासमा उनी को थिए, जो प्रदर्शनका क्रममा पेस्तोल लिएरै सडकमा ‘पोजिसन’ लिँदै गरेको देखिए। सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि प्रहरीले त्यस विषयमा सोधीखोजी गरेको थियो। ती व्यक्ति लागु औषध नियन्त्रण व्युरोका सादा प्रहरी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

Like