सन्तानले कृतिको सरंक्षण गर्न खोजेता पनि सम्हाल्न नसक्दा कान्छा छोराको मन दुखाई, राष्ट्रकवि माधव घिमिरेको कृति र सम्मानपत्र लथालिंग

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २३,

मुलुकमा कुनै समय साहित्यको तीर्थ मानिने राष्ट्रकवि माधव प्रसाद घिमिरेले प्राप्त गरेको अनगिन्ती कृतिहरु केही मिलार्ईएका र केही लथालिंग अवस्थामा छन् । कुनै समय निकै नै चहलपहल हुने माधव प्रसाद घिमिरेको घर अहिले सुनसान छ । साहित्यकार र कवि लगाएत सर्जकहरुले भरिभराउ चहलपहल हुने घरमा उहाँको देहावसान पछि कुनै साहित्यकारको पाइला नसर्नु सामान्य भएको उहाँको अर्धाङगिनी महाकाली घिमिरेको बुझाई छ । १३ बर्षको उमेरमा दोश्रो पत्नीमा रुपमा बिबाह बन्धनमा बाँधिनुभएकी महाकालीको दिनचर्या एक्लै बित्छ र त भन्नुहुन्छ उहाँँको सम्झाना आइरहन्छ । हजारौं सम्मान पत्रहरुको जोहो गर्न घरपरिवारलाई मुश्किल परेको छ । धमिराको समेत आँखा लागिसकेका कृतिको सरंक्षण उहाँको सन्तानले गर्न खोजेता पनि सम्हाल्न नसक्दा उहाँका कान्छा छोरा राजीव घिमिरेको मन दुखाई छ । माधव घिमिरेले आफनो जीवनकालमा सम्मानपत्र राखेको साँघुरो कोठामा कहिलेकाँही पुग्ने गरेता पनि खासै समय व्यतित गर्नुहुन्नथ्यो । माधव घिमिरेको अन्तिम महाकाब्य रितम्भरा आगामी असोज ७ गते साझा प्रकाशनले बिमोचन गर्न लागेको छ त्यो पनि परिवारको आग्रहमा । माधव घिमिरेले स्वयम साझा प्रकाशनबाटै सो महाकाब्य बिमोचन गर्न इच्छा जाहेर गरेअनुरुप बिमोचन हनु लागेको रितम्भरा लगभग ४ सय ६० पृष्ठको छ । यो महाकाब्य तयार पार्न १२ बर्षको समय लागेको थियो । जुनसुकै कृति तयार पार्दा अक्षर स्पष्ट हुने गरेका उहाँको उमेर ढल्कंदै गएपछि स्पष्ट नहुने कारणले गर्दा पनि रितम्भरा तयार पार्नमा समय लागेको हो । माधव घिमिरेको छोरा हुन पाएकोमा गर्व महसुस गर्ने उहाँका कान्छा छोरा जसलाई माधव घिमिरेले आफना कलम चलाउँदा संगै राख्नुका कारणले गर्दा पनि बुबाको अभाव सधैं खड्किने गरेको राजीवलाई पनि साहित्यप्रति मोह जागेको रहेछ । माधव घिमिरेका अनगिन्ती र अनवरत कृतिहरुको प्रकाशन भइसकेका छन् जुन जीवन्त छन् । कलम चलाउँदा ढिलो गर्ने अनि केरमेट गर्ने गरेका कारण उहाँको कृति तयार हुनमा समय लाग्ने रहेछ । पछिल्लो दुई हरफ तयार पार्न आफुले लेख्न नसकेपछी बुबाले भनेझैं उहाँका कान्छा छोराले लेखेर तयार पारिएको हो ।

Like