Sunday, October 18, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

हामी र तपाईंको साझा सपना वर्ल्डलिंकको १० लाख घरधुरीको ऐतिहासिक यात्रा

Share to:

रासंसा/ललितपुर, चैत्र १४,

मुलुकमा वर्ल्डलिंक कम्युनिकेशनले एक प्रेस विज्ञप्ति निकाल्दै १० लाख घरधुरी ग्राहकहरुलाई धन्यवाद दिदै हौसला प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको आज हामी अत्यन्तै गर्वित, भावुक र कृतज्ञ छौँ तपाईंहरूको अपार विश्वास र सहयोगद्वारा वर्ल्डलिंकले १० लाख ग्राहकसम्मको यात्रा सफलतापूर्वक पार गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ। २०५२ सालमा जब केही गर्ने सपना, सीमित स्रोतसाधन र अपार आशाका साथ यो यात्राको सुरुवात गरिएको थियो। त्यस बखत इन्टरनेट सेवा नेपालको लागि अत्यन्तै नौलो सेवा थियो। बिजुली र टेलिफोन समेत नपुगेका गाउँ-बस्तीहरूमा इन्टरनेट पुर्याउने सपना त्यतिबेला असम्भव लाग्थ्यो। तर हामीसँग एउटा दृढ संकल्प थियो जुन हरेक नेपालीलाई विश्वसँग जोड्ने, प्रविधिलाई सर्वसुलभ बनाउने, र जनजीवनलाई सजिलो तथा समृद्ध बनाउने। त्यही उद्देश्यले हामीले हाम्रो कम्पनीको नाम “वर्ल्डलिंक” राख्यौं जुन नेपाललाई विश्वसँग जोड्ने माध्यमका रूपमा। आज हामी देशका दूरदराजका गाउँ बस्ती तथा कुनाकन्दरा सम्म इन्टरनेट पुर्याउन सफल भएका छौँ, त्यहाँका बासिन्दाहरुको अनुहारमा देखिएको त्यो मुस्कान र खुसी नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। तपाईंहरूको साथ, भरोसा र मायाले हामीलाई यहाँसम्म ल्याएको हो। आगामी दिनहरूमा हामी अझ बढी लगानीका साथ सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र सहज बनाउँदै लैजानेछौं र देशको अझै कुना-काप्चासम्म पुग्नेछौं । तपाईंहरूको सुझाब, आलोचना र समर्थन नै हाम्रोलागि निरन्तर प्रेरणाका स्रोत रहिरहनेछन । वर्ल्डलिंक परिवारको तर्फबाट हाम्रा सम्पूर्ण ग्राहकहरू प्रति हामी हार्दिक आभार र नमन ब्यक्त गर्दछौं। आगामी दिनहरुमा पनि यहाँहरुको माया र सुझाबहरु प्राप्त हुनेछन भन्ने आशा लिएका छौं । वर्ल्डलिंक कम्युनिकेशानका कार्यकारी केशव नेपालबाट प्रेसित बिज्ञप्तिमा उक्त कुराहरुको उल्लेख गरिएको छ ।

Like