वरिष्ठ सैन्य अधिकारीलाई डोनाल्ड ट्रम्पले पदबाट हटाए

Share to:

एजेन्सी/फाल्गुण १०,

विश्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष सीक्यू ब्राउनलाई पदबाट हटाएका छन्। उनी अमेरिकाको उच्च अधिकारी थिए। उनले लेखे, ‘म जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनलाई हाम्रो देशको ४० वर्षभन्दा बढी सेवा गरेकोमा धन्यवाद दिन्छु। उहाँले प्रमुख कर्मचारीहरूको अध्यक्ष भएर पनि काम गरेका छन्।’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा जनाएका हुन्। ट्रम्पले अन्य पाँच जना शीर्ष अधिकारीहरूलाई पनि हटाइएको बताएका छन्। जनरल ब्राउन अमेरिकी इतिहासमा यो पद सम्हाल्ने दोस्रो अश्वेत अधिकारी थिए। यो पद धारण गर्ने व्यक्तिले राष्ट्रिय सुरक्षाका मामिलामा राष्ट्रपति र रक्षामन्त्रीलाई सल्लाह दिन्छन्। यसमा नौसेना अपरेशन प्रमुख एडमिरल लिसा फ्रान्चेटी र वायुसेना उपप्रमुख जनरल जिम स्लाइफ समावेश छन्। यसअघि रक्षामन्त्री पिट हेगसेथले जनरल ब्राउनलाई हटाउनुपर्ने बताएका थिए। शुक्रबारपछि रक्षामन्त्री हेगसेथले थप दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाउने घोषणा गरे। एडमिरल लिसा फ्रान्चेटी नौसेना नेतृत्व गर्ने पहिलो महिला थिइन्। यी तीन शीर्ष अधिकारीहरूलाई शुक्रबार हटाइएको थियो। उनलाई पूर्व राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए।

Like