लेबनानलाई हराउँदै नेपाल महिला फुटबल च्याम्पियनसिपको फाइनलमा
रासंसा/काठमाण्डौ, फाल्गुण ८,
मुलुकमा अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। बिहीबार दरशथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गरेको हो। नेपालले यसअघि कीर्गिस्तानलाई १-० गोलले हराएको थियो। त्यस्तै म्यानमार पनि फाइनलमा प्रवेश गरेको छ। कीर्गिस्तानलाई ५-० गोलले हराउँदै म्यानमारले फाइनल सुनिश्चित गरेको हो। दुवै टिम एक खेल अगावै फाइनलमा प्रवेश गरेका हुन्। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले निर्णायक गोल गरेकी थिइन्। खेलको ४२औं मिनेटमा साम्बाले प्रहार गरेको बल विपक्षी खेलाडीको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।
Like