जलवायु परिवर्तनविरुद्ध नयाँ आशा‘, गाईको पाद’ खोप

Share to:

एजेन्सी/माघ २७,

विश्वमा जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न एउटा नवीन समाधानको रूपमा ‘गाईको पाद’ खोपको विकास भइरहेको छ। गाईले प्राकृतिक रूपमा मिथेन ग्यास उत्पादन गर्छन्, जुन हरितगृह ग्यास हो। बेलायतको पिरब्राइट इन्स्टिच्युटले यस खोपको विकासमा तीन वर्षदेखि काम गरिरहेको छ। यस प्रक्रियामा खोपले गाईको पेटमा मिथेन उत्पादन गर्ने ब्याक्टेरियालाई नियन्त्रण गर्ने एन्टिबडी उत्पादन गर्नेछ। यसले विश्वव्यापी तापक्रम वृद्धिमा ठूलो भूमिका खेल्छ। प्रत्येक गाईले वार्षिक रूपमा लगभग २०० पाउन्ड मिथेन निकाल्छ, जसले मानव–उत्पादित मिथेन उत्सर्जनको एक तिहाइ हिस्सा ओगट्छ। यो खोपको मुख्य आकर्षण यो हो कि यो एकल डोज नै काफी हुन सक्छ, जुन गाईको जीवनको शुरुवाती चरणमा दिन सकिन्छ, जसले मिथेन उत्सर्जनमा कम्तिमा ३० प्रतिशत कटौती गर्ने लक्ष्य राख्छ। यद्यपि, खोप विकासको प्रक्रिया जटिल छ र हालसम्म ठोस परिणामहरू प्राप्त भएका छैनन्। वैज्ञानिकहरूले यसलाई विकास गर्न एक दशकभन्दा बढी समय लगाइसकेका छन्। यो अन्तर्राष्ट्रिय प्रयासलाई अर्बपति जेफ बेजोसको बेजोस अर्थ फन्डबाट ९.४ लाख डलरको अनुदान प्राप्त भएको छ। बेलायतको रोयल भेटेरिनरी कलेज र न्यूजील्याण्डको कृषि नवप्रवर्तन प्रयोगशाला एग्रिसर्चसँगको सहकार्यमा काम अघि बढाएको छ। यदि यो खोप सफल हुन सकेमा, यसले कृषि क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तनमाथि नियन्त्रण ल्याउन महत्वपूर्ण कदम हुन सक्ने जानकारहरूको बुझाइ रहेको छ।

Like