अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

राणालाई पुरानै जिम्मेवारी दिने गरि राप्रपाको फागुनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव

Share to:

रासंसा/काठमाण्डौ, माघ ११,

मुलुकमा राप्रपाले आगामी फागुनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेको छ । आन्दोलन परिचालन समितिका संयोजक तथा महामन्त्री डा‍. धवलशमशेर राणाले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्र पुनर्स्थापनासहितको पार्टीको एजेण्डा स्थापित गर्न फागुनबाट काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेका हुन् । यस्तै राणाले भने आफू पूर्ण स्वस्थ भएर आइसकेको भन्दै आफूलाई आरामको कुनै जरुरी नरहेको बताएका थिए । उनले संगठन निर्माणको विषयमा नै आफूले पीएचडी गरेको उल्लेख गर्दै पार्टीले बिरामी भएको बेलामा जिम्मेवारी खासेको भन्दै असन्तुष्टि पोखेका थिए । उनले बैठकमा फरक राजनीतिक विचार समेत प्रस्तुत गरेको एक नेताले बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भने मौखिक राजनीतिक प्रतिवेदन पेस गरेका थिए । बैठकमा लचक रूपमा प्रस्तुत भएका उनले महामन्त्री राणालाई संगठन विभाग प्रमुखमा पुनर्बहाली गर्न आफू तयार रहेको बताएको एक नेताले बताए । केहीअघि राणा बिरामी भएको बेलामा लिङ्देनले उनलाई जिम्मेवारीबाट हटाएका थिए । सो विषयमा राप्रपामा विवाद हुँदै आएको छ । बैठकमा आफ्नो फरक विचार प्रस्तुत गर्दै राणाले बिरामी भएको बेलामा मानवीयताको समेत ख्याल नगरी जिम्मेवारी खोसिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गरेको अर्का एक नेताले बताए । उनले आफूलाई हठात् संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित नभएको समेत बताएको ती नेताको भनाइ छ । केही महिनाअघि राणा उपचारका लागि भारत गएको बेला अध्यक्ष लिङ्देनले उनलाई संगठन विभाग प्रमुखबाट हटाएर उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका थिए । उनले भने, ‘पछिल्लो घटनाक्रम जस्तो पार्टीमा बिरामी हुनै नपाइने, अस्पताल भर्ना भयो कि कारबाही हुने जस्ता साँघुरो मनोवृत्ति नजिर बने राप्रपामा महामन्त्री मात्र होइन, अध्यक्ष, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बिरामी हुनासाथ पद गुम्ने व्यवस्था नियमित हुनेछ ।’ बैठकमा शुक्रबार प्रतिवेदन पेस गरेको र शनिबार सदस्यहरूले आ–आफ्नो धारणा राख्ने राप्रपाले बताएको छ ।

Like