खिकामाछा एैतिहासिक पुस्तक बिमाेचन
बलराम कोइराला/काठमाण्डौं, माघ ७,
मुलुकमा भाेजपुर टक्सारकाे ऐतिहासिक महत्व बाेकेकाे पुस्तक आज राजधानिमा पुर्व अर्थ तथा उद्योग मन्त्री तथा गीतकार एस पि काेईराला (शंकर) द्वारा बिमाेचन भयाे । पुस्तकले भाेजपुरकाे पृष्ठभुमि एवं त्यसमापनि टक्सारकाे महत्व बाेकेकाे छ । पुस्तकका लेखन तथा सम्पादनमा पुर्व प्रधानाध्यापक गणेश बजचार्य हुनुहुन्छ । शिक्षण पेशाबाट अबकाशपछि लामाे अनुभव तथा अन्वेषणबाट साे दर्पण आएकाेले संस्कृति र संम्बर्धनमा टेवा मिल्नेकुरा उहाले बताउनुभयाे । साे समाराेहामा मीन शाक्य जगत सिहं क्षेष्ठ बंश समाज काठमाण्डाैका अध्यक्ष चन्द्रकुमार क्षेष्ठ, प्राध्यापक दिनेशराज पन्त, गीतकार श्याम टमाेट प्रध्यापक नृशृङकुमार शाक्य, नरेश ताम्राकार, चन्द्र कुमार उदास लगायतले पुस्तककाे बारेमा उल्लेख गर्नुभएकाे थियाे । साे समाराेह नन्दराज शाक्यकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।