एजेन्सी,
विश्वमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा सजाय दिइएको छैन। अदालतले ट्रम्पलाई बिना शर्त रिहा गर्ने निर्णय गरेको हो। यसको अर्थ यो मुद्दामा उनले न त कुनै जरिवाना तिर्नु पर्नेछ न त कुनै जेल सजाय भोग्नु पर्नेछ। फैसला सुनाउँदै न्यायाधीशले उनलाई कुनै पनि कारवाही नगरेको जनाएका बीबीसी समाचारमा उल्लेख छ। न्यायाधीश मर्चनले ट्रम्पलाई दोस्रो कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए। न्यायाधीश मर्चनले यस मुद्दामा ट्रम्पको बिना शर्त रिहाइ गर्नु नै देशको सर्वोच्च पदको उल्लंघन नगरी दिइएको वैध सजाय भएको बताएका छन्। ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनेछन्। ट्रम्पमाथि २०१६ मा भएको एक काण्डको बारेमा मौन बस्नको लागि पोर्न स्टार स्टोर्मी डेनियल्सलाई पैसा दिएको आरोप छ। उनलाई गत वर्ष मे महिनामा यस मुद्दामा दोषी ठहराइएको थियो।