५२ किलो गाँजा होटेलमा भेटियो, सञ्चालक फरार

Share to:

रासंसा/मोरङ, पौष २७,

मुलुकमा विराटनगर महानगरपालिका–३ बरगाछी चोकस्थित एक होटेलबाट लागुऔषध गाँजा ५२ केजी प्रहरीले बरामद गरेको छ। होटल सञ्चालक कार्की फरार भएको र उनको खोजी कार्य भइरहेको छ। घरको कम्पाउण्डमा रहेको परालभित्र २ वटा प्लाष्टिकको बोरामा राखेको ५२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। इलाम फाकफोकथुम–९ एकतप्पा घर भई विराटनगर–३ मा दियालो होटल सञ्चालन गर्दै आएका रविन कार्कीले होटल भएको घरमा गाँजा राखेको सूचनाका आधारमा अनुसन्धान गर्दा गाँजा बरामद भेटिएको मोरङ प्रहरीले जनाएको छ।

Like